सुष्मा स्वराजले मधेसवादी दलसँग भेटने
जनकपुरधाम, १८ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने भएकी छन् । २ दिने नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री शुस्मा स्वराजको कार्यक्रम तालिका समेत तयार भएको छ । दिउँसो ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने बताइएको छ । नेपाल भ्रमणको खास कारण अहिलेसम्म

२०७४ माघ १८ बिहीबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १८ माघ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउने भएकी छन् ।
२ दिने नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री शुस्मा स्वराजको कार्यक्रम तालिका समेत तयार भएको छ ।
दिउँसो ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने बताइएको छ ।
नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने उद्देश्यले भएको अनुमान गरिएको छ ।
स्वराजले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने कार्यक्रम रहेको विशेष सुत्रहरुले बताएको छ । स्वारज र ओलीको वान टु वान वार्ता होटल सोल्टीमा हुने बताइएको छ ।
भेटमा महत्वपूर्ण विषयमा कुराकानी हुने अनुमान गरिए पनि खास कुराकानीको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन ।
भावी प्रधानमन्त्रीको रुपमा रहेका ओली र स्वराजबिचको भेटलाई कतिपयले भारतीय प्रधानमन्त्री मोदीसँगकै भेट सरह हुने अनुमान गरेका छन् ।
वान टु वान वार्तापछि दुवै पक्षका डेलिगेशनसँग बसेर छलफल हुने बताइएको छ ।
त्यसपछि होटल सोल्टीमा नै दुई पक्षले एकसाथ डिनर गरेपछि छुट्टिनेछन् । आजै साझँ मधेशवादी दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्नेछिन् ।
राजपा अध्यक्षमण्डलका सबै सदस्य र फोरमका अध्यक्ष उपेन्द्र यादवसँग साझँ भेट्ने समय तय भएको हो ।
भोली विहान स्वराजले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने समय तालिका बनाएकी छिन् ।
प्रचण्डसँगको बे्रकफास्ट मिटिङपछि स्वराज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने बताइएको छ ।
त्यसपछि स्वारजको भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग हुनेछ । प्रधानमन्त्री देउवालाई भेट्न स्वराज प्रधानमन्त्री निवास वालुवाटार जानेछिन् ।
देउवासँगको लञ्च मिटिङपछि स्वारज वालुवाटारबाट सिधै विमानस्थलबाट भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
#nagariktimes
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…