शिक्षामा नारा एउटा वास्तविकता अर्कै !
व्यक्ति ,समाज ,राष्ट्र र अन्तराष्टि्य स्तरको विकासको मेरुदण्ड शिक्षा हो l त्यसकारण शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता र अन्ताराष्ट्रिय मुदाको रुपमा रहेका छन् l शिक्षाको उज्यालो घामबाट कोही पनि वन्चित नहोस् भने नेपाललगायत विश्व परिवेशमा शिक्षामा नवीनतम चिन्तनहरुको विकास भयोl ``सब

२०७७ साउन १६ शुक्रबार, राति ९:१४ बजे२ मिनेट पढाइ

व्यक्ति ,समाज ,राष्ट्र र अन्तराष्टि्य स्तरको विकासको मेरुदण्ड शिक्षा हो l त्यसकारण शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता र अन्ताराष्ट्रिय मुदाको रुपमा रहेका छन् l
शिक्षाको उज्यालो घामबाट कोही पनि वन्चित नहोस् भने नेपाललगायत विश्व परिवेशमा शिक्षामा नवीनतम चिन्तनहरुको विकास भयोl ``सबैको लागि शिक्षा,`` समाहित शिक्षा ,समावेशी शिक्षा ,मानव अधिकारको रुपमा शिक्षा र अहिलेको एकाईसौँ शताब्दिमा शिक्षालाई अधिकारमा आधारित र सामाजिक न्यायको रुपमा शिक्षालाई लिन थालियो l
नेपालको संविधान 2072 ले शिक्षा प्राप्त गर्नुलाई उसको मौलिक हक तथा नैसर्गिक अधिकारको रुपमा व्याख्या गरेका छन् l शिक्षा उपलब्ध गराउने दायित्व राज्यको हो भने शिक्षा प्राप्त गर्ने हरेक नागरिकको अधिकार हो l शिक्षामा सम्पूर्ण बालबालिकाहरुको समान पहुँच सुनिश्चित गर्न ,विधालयमा शैक्षिक सुशासन कायम गर्न,विधालय शिक्षालाई गुणस्तरीय बनाउन ,विद्यालयको भौतिक वातावरण गुणस्तरीय बनाउन ,नि:शुल्क पाठ्यपुस्तक ,छात्रवृति ,नि:शुल्क पोशाक ,दिवा खाजा कार्यक्रम ,स्याटनेरी प्याडको व्यवस्था को लागि राज्यले शिक्षामा बार्षिक एक खर्ब छबीस अर्बको सरकारी बजेट अनुदान गर्छन् त्यसमा पनि विद्यालय तहमा खर्च हुने बजेट एक अरब आठ करोड अर्थात 86% रहेका छन् l
हाम्रो देशको संविधानले आधारभूत तहको शिक्षा (कक्षा एक देखि आठ सम्म) लाई अनिवार्य र नि:शुल्क घोषणा गरेका छन् l तर यो तहमा नै अध्ययन गर्न उमेरका तीन लाख चार हजार चार सय 76 रहेका छन् l केन्द्रको 2075 को तथ्यांकअनुसार आधारभूत तहमा अध्ययन गर्ने पाँचदेखि 12बर्ष उमेर समूहका छात्राभन्दा बढी छात्र विधालयबाहिर रहेका छन् l l केन्द्को प्रतिवेदनअनुसार विद्यालय बाहिर रहेका तीन लाख चार हजार चार सय 76 मध्ये एक लाख 54 हजार 6 सय 75 छात्रा छन् र एक लाख 54 हजार 6सय 75 छात्र छन् l
कुन प्रदेशमा कति बालबालिकाहरु विधालय बाहिर रहेका छन?
प्रदेश 1:- 45,793 छात्रा:-21,304 छात्रा:-24,498
प्रदेश 2:-75,124 छात्रा:-39434 छात्र 35,690
बागमति प्रदेश (3):-39,401 छात्र :-17,846 छात्रा:-21,555
गण्डकी प्रदेश (4) :-22,079 छात्रा 9,899 छात्र:-12,180
प्रदेश (5):-45,793 छात्रा:-27,027 छात्र :-28,794
कर्णाली प्रदेश (6):-31,025 छात्रा:-15,772 छात्र :-15,253
सुदुरपश्चिम प्रदेश (7):-35,233 छात्रा:-18,519 छात्र :-16,714
स्रोत :-शिछा विकास तथा मानवस्रोत विकास केन्द्र
यसरी यो तथ्यांकबाट हामीले के थाहा पाउन सक्छौ कि; ``सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं,नेपाललाई शिक्षितको देश बनाऔं ´´भन्ने नारा कागजमा मात्र सीमित भयो व्यवहारमा लागू हुन सक्ने किन भने अझ हाम्रो देशको भोलिका कर्णधारहरु विद्यालय बाहिर रहेका छन् l यसका लागि सम्पूर्ण शैक्षिक सरोकारवालाहरुलाई विशेष ध्यान पुर्याउनुपर्दछ l
आशिक अल्ली
लेखक (त्रिभुवन विश्वविधालय अन्तर्गतको महेन्द्ररत्न क्याम्पस तहाचल काठमाडौँमा अध्ययनरत छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…