रामस् फार्मेसीको लागि आन्दोलनको चेतावनी
जनकपुरधाम, १७ माघ । विगत केही दिनदेखि जनकपुरमा चर्चामा रहेको औषधी पसल रामस फार्मेसी सुचारु नभए आन्दोलन गर्ने स्थानीय युवाहरुले चेतावनी दिएको छ । बुधबार युवाहरुको एक टोलीले जनकपुर उपमहानगरपालिका वडा नं. ८ बाह्रविघा स्थित रहेको रामस पब्लिक फार्मेसी प्रा.लि. सुचारु गर्नको लागि जिल्ला प्रशासन कार्यालय ध

२०७४ माघ १७ बुधबार, बेलुकी ५:२१ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १७ माघ ।
विगत केही दिनदेखि जनकपुरमा चर्चामा रहेको औषधी पसल रामस फार्मेसी सुचारु नभए आन्दोलन गर्ने स्थानीय युवाहरुले चेतावनी दिएको छ ।
बुधबार युवाहरुको एक टोलीले जनकपुर उपमहानगरपालिका वडा नं. ८ बाह्रविघा स्थित रहेको रामस पब्लिक फार्मेसी प्रा.लि. सुचारु गर्नको लागि जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरोकारबालाहरुलाई ध्यानाकर्षण गराएका छन् ।
जिप्रका धनुषामा आज ज्ञापन पत्र बुझाउँदै युवाहरुको एक टोलीले जनकपुरको रामस पब्लिक फार्मेसी विगत ३ महिनादेखि सुपथ तथा सस्तो दरमा औषधी बेच्दै आएकै कारण औषधी माफियाहरुले फार्मेसीलाई बन्द गराउन षडयन्त्र रचेको दर्साइएको छ ।

गत माघ १० गते विना सुचनाकै जनकपुर अञ्चल औषधी व्यावसायी सँघले रामस पब्लिक फार्मेसीलाई औषधी नदिन पत्राचार गरेको प्रति खेद व्यक्त गर्दै युवाहरुले औषधी जस्तो संवेदनशिल वस्तुमा संघले गरेको एकात्मक निर्णयप्रति आपति जनाएको छ ।
यस्ता कार्यलाई अविलम्ब रोकी रामस पब्लिक फार्मेसीको सदस्यता पुर्नः वहाली गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन औषधी व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, नेपाल औषधी व्यवसायी संघ, राष्टिय सतर्कता केन्द्र एवम् प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय लाई सम्बोधन गरी ज्ञापन पत्र पठाइएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च धनुषाका उपाध्यक्ष अखिल, नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साह, नयाँ शक्ति विद्यार्थी युनियन धनुषाका अध्यक्ष सुरेन्द्र यादव सहितका टोलीले यथाशिघ्र रामस पब्लिक फार्मेसी सुचारु नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…