आफू कोरोना सँक्रमित, करेन्टले श्रीमतीको मृत्यू, छोरा घाईते !
नगरपालिकाकै केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको उनले बताए ।

२०७७ साउन ११ आइतबार, दिउँसो ३:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको एक नगरपालिकाका वडाध्यक्ष माथि दुःखको बज्रपात भएको छ । आफू कोरोना सँक्रमित भएर आईसोलेशनमा भएको बेला श्रीमतिको करेन्ट लागेर मृत्यू भएको छ ।
रौतहटको राजदेवी नगरपालिकाकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि हुनुको साथै करेन्टको चपेटामा परि उहाँकै कै श्रीमतीको मृत्यु र छोरा घाइते भएका छ।
काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका राजदेवी नगरपालिका वडाध्यक्षमा संक्रमण देखिएको हो ।
२० बर्षिय छोरा निरन्जन यादबलाइ घरमा काम गर्दा करेन्ट लागेपछि वडा अध्यक्षका श्रीमती ५० बर्सिय राघो देबि बचाउन गएकि थिइन। करेन्टबाट घाइते छोरा र श्रीमतीलाई उपचारको लागि गौर अस्पताल ल्याइए उपचारको क्रममा उहाँको श्रीमतीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ।
छोरा निरन्जनको उपचार गौर अस्पतालमा चलिरहेको छ। पहिले देखि मुटु र चिनी रोगले ग्रसित वडा अध्यक्ष यादबले काठमाडौ जानको लागि हेटौंडामा पिसिआर टेस्ट गराए पछि रिपोर्ट पोजेटिभ आएको थियो।
यता वडा अध्यक्ष श्रीमतीको संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरुलाई तत्काल परीक्षण गर्नुपर्ने भएको छ । ‘वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनेका छौं,’ राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने, ‘अस्पतालदेखि दाहसंस्कारसम्म वडाध्यक्ष नजिक भएका व्यक्तिहरुको परीक्षणको काम सुरु गराउँदैछौं ।’
संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको मेयर सिंहले बताए । नगरपालिकाकै केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको उनले बताए ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको र स्वाब संकलनको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
‘कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘संक्रमित वडा अध्यक्षलाई आइसोलेसनमा लग्ने तयारी भएको छ । अन्य रोगको कारण पनि उनको स्वास्थ्यमा समस्या रहेकाले काठमाडौं पठाइने छ ।
(कोरोना सँक्रमितको नाम, ठेगानाको विवरण खोल्न नहुने आदेश र प्रावधान छ, यद्यपी प्रशासनको अनुमति र समाचारको अवस्थालाई हेरी नाम खुलाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…