काँग्रेसको गढमा नेकपाको लहर
नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेता यादवले अबीर, टिका लगाएर पार्टीमा स्वागत

२०७७ साउन ११ आइतबार, बिहान ११:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजनीतिक दृष्टिकोण र आस्थाले नेपाली काँग्रेस पार्टीको गढ मानिएको धनुषाधाम क्षेत्रमा अहिले नेकपाको लहर चलेको छ ।
एक कार्यक्रमबीच नेपाली कांग्रेसका सयौं युवा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । कांग्रेस र जसपा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा प्रवेश गर्नेहरुमा सय भन्दा बढी नेपाली कांग्रेस युवा नेता तथा कार्यकर्ता तथा जसपाका नेता, कार्यकर्ता रहेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता दिपेन्द्र मण्डल, रमेश कापर, सुनिल कापर, कृष्ण ठाकुर, भरथ लाल, जितु महरासहित सयौंको सङ्ख्यामा युवाहरु नेकपा प्रवेश गरे ।
त्यस्तै जनता समाजवादीका रामबाबु यादव, तिर्था यादवसहितको टिम नेकपामा प्रवेश भएको छ ।
उनीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा धनुषा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मातृकाप्रसाद यादवले स्वागत गरेर पार्टीभित्र ल्याएका हुन् ।
धनुषा गोविन्दपुरको ठाकुर प्रसाद ढुंगाना प्रतिष्ठानमा आयोजित पार्टी प्रवेश समारोहमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेता यादवले अबीर, टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘धनुषा गोविन्दपुरमा कांग्रेसका गलत राजनीतिक चरित्रका कारण यहाँ जनता समस्यामा परेका छन् ।’ विगतका राना र हेम बहादुर प्रवृत्ति देखाउन खोजेको र यस्तो प्रवृत्ति देखाए अब आफू चुप लागेर नबस्ने पनि उनले बताए । ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएपनि वर्तमान समयमा गैरलोकतान्त्रिक रुपले अगाडि बढिरहेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य किशोरी साह, बोध माया यादव, रत्नेश्वर लाल गोइत, श्रवण बररिया यादव, जिल्ला अध्यक्ष राजकिशोर यादव, सचिव दिपक यादव, राम सिंह यादव,नन्द किशोर यादव झल्कु भिन्वार यादव, युवा संघ जिल्ला अध्यक्ष सरोज यादव , गुलाब यादव, योग नारायण यादव, सुर्यनाथ यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…