'राय' पक्राउ !
जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको नेकपाका नेता नागेश्वर साहले जानकारी दिएका छन् ।

२०७७ साउन ११ आइतबार, बिहान ७:०४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । जिल्ल प्रहरी कार्यालय सर्लाहीले कुटपिटको आरोपमा एक पालिकाका अधिकृतलाई पक्राउ गरेको छ ।
गत साताको विहिबार सर्लाहीको हरिपूर्वा नगरपालिका– ३ का वडाध्यक्ष धर्मराजसिंह महतोलाई कुटपिट गरेको आरोपमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव रायलाई पक्राउ गरेको हो ।
रायले वडाध्यक्ष महतोलाई बिहीबार साँझ सहयोगीसँग मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ भने यसअघिको प्रारम्भिक जानकारी अनुसार केही युवाहरुले उनलाई कुटपिट गरेको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका सिंहलाई राति नै सर्लाही अस्पताल मलंगवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
प्रदेश २ का एक वडाध्यक्षलाई रामधुलाई, काठमान्डौं रिफर !
प्रहरीले कुटपिटको आरोपमा राय, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृतलाई सोधपुछका लागि शुक्रबार पक्राउ गरिएको हो ।
वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृतसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको नेकपाका नेता नागेश्वर साहले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…