प्रदेश २ का एक वडाध्यक्षलाई रामधुलाई, काठमान्डौं रिफर !
केही युवाहरुको समूहले वडाध्यक्ष सिँहलाई निर्घात कुटपिट गरेको हो ।

२०७७ साउन ९ शुक्रबार, बेलुकी ५:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सर्लाही जिल्लाका एक स्थानीय तहका वडाध्यक्षलाई केही जनाले रामधुलाई गरेको खवर बाहिरीएको छ ।
सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष धर्मराज सिँहलाई कुटपिट गरिएको बताइएको छ । स्थानीय केही युवाहरुले वडाध्यक्ष सिँहलाई रामधुलाई गरेको हो ।
गएराती (विहिबार) केही स्थानीय व्यक्तिले उनलाई कुटपिट गरेको जानकारी जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको छ । केही युवाहरुको समूहले वडाध्यक्ष सिँहलाई निर्घात कुटपिट गरेको हो । कुटिपिटले उनको हात, कोखा र पिठ्युमा चोट लागेको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका सिंहलाई राति नै सर्लाही अस्पताल मलंगवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
कुटपिट गरेको आरोपमा प्रहरीले हरिपूर्वा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तर कुटपिटमा को को संलग्न भएको भन्ने यकिन भइसकेको छैन ।
अनुसन्धानका लागि प्रशासकीय अधिकृत रायलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । अरुको खोजी कार्य भइरहेको बताइएको छ ।
वडाध्यक्षमाथि किन आक्रमण गरिएको हो खुल्न सकेको छैन । प्रशासकीय अधिकृत पनि सोही गाउँका भएकाले उनीसँग सोधपुछ गरिएको छ ।
घटनामा संलग्न भएकाहरुमथि जाहेरी दिने तयारी भइरहेको नेकपाका नेता नागेश्वर साहले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…