धनुषा: कमला नगरपालिकाका वडाध्यक्ष 'यादव' लाई रामधुलाई (भिडियो सहित)
जनप्रतिनीधिको अश्लिल शब्दको चौतर्फी विरोध गरिएको छ ।

२०७७ साउन १० शनिबार, राति ९:०८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षले एक स्थानीय विद्यार्थीलाई अश्लिल शब्द भनेपछि लफडा भएको छ ।
कमला नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवले विद्यालयमा किताब सम्बन्धी कुरा गर्दा एक स्थानीय विद्यार्थीलाई (जु....–मैथिलीमा गोप्य अँग (लिँग) देखाएर जिस्काउनु) भनेपछि लफडा भएको हो ।
यादवसँग स्थानीय विद्यार्थी श्रीकेश यादवले विद्यालयमा किताब अझै नदिएको तथा किताबको लागि भनेपछि उनी उपर अश्लिल शब्द प्रयोग गरेपछि विवाद भएको थियो । विद्यार्थी यादवले बारम्बार आफूहरुलाई विद्यालयमा किताबको व्यवस्था मिलाउन माग गरेपछि वडाध्यक्ष यादवले आफन्त बोलाउनु अघि नै कुटिएका हुन् ।
भिडियोमा देखिएको अनुसार गँजी र लुँगीमा बसेका वडाध्यक्ष यादवसँग स्थानीय विद्यार्थी श्रीकेश यादवले अन्य नगरपालिकाले सबै विद्यालयहरुमा किताब वितरण गरेको भन्दै आफूहरुलाई पनि अब किताबको व्यवस्था मिलाइदिन भनेपछि अश्लिल शब्द प्रयोग गरेका वडाध्यक्षलाई केही विद्यार्थीहरुले रामधुलाई दिएका हुन् ।
वडाध्यक्ष र विद्यार्थीबीचको भिडियो
सुरुमा विद्यार्थीले सौहार्द रुपमा किताब माग गरेको छ । पछि उनले पनि अलिक कडा स्वरमा बोल्दै जाँदा वडाध्यक्ष जस्ता पदीय मर्यादामा बसेका वडाध्यक्ष यादवले गोप्य अँगलाई साँकेतिक देखाउँदै हेपेपछि विवाद भएको देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…