मधेशको हिपहप रयाप 'ढाका–धोती' बन्यो भाईरल !
न्यूज ब्यूरो, जनकपुरधाम । “अब सुनल जा मधेसमा हिपहप कैसन होला” भन्ने रयाप गीत अहिले समाजिक सँजालमा भाइरल बनेको छ । भगवान गौत्तम बुद्धको जन्मस्थल लुम्बनी (नेपालको मधेश) का युवाहरुले बनाएको मधेशको हिपहप गीत सुन्ने वित्तिकै बलिवुडको हिपहप जस्तो आभाष सहित मधेशको भावनालाई रयाप मार्फत उजार गरेको देखिएको छ

२०७७ साउन ९ शुक्रबार, बेलुकी ७:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । “अब सुनल जा मधेसमा हिपहप कैसन होला” भन्ने रयाप गीत अहिले समाजिक सँजालमा भाइरल बनेको छ ।
भगवान गौत्तम बुद्धको जन्मस्थल लुम्बनी (नेपालको मधेश) का युवाहरुले बनाएको मधेशको हिपहप गीत सुन्ने वित्तिकै बलिवुडको हिपहप जस्तो आभाष सहित मधेशको भावनालाई रयाप मार्फत उजार गरेको देखिएको छ ।
लुम्बिनी नजिकैको रुद्रपुर हरैया बजारका युवकहरुले निकालेको ढाका–धोती नामक रयापमा देशभक्ति झल्काएको छ । गीतमा उनीहरुले मधेशी पहाडीको बीचमा विभेद गराउनेलाई झापड समेत हान्ने जस्ता शब्दहरु प्रयोग गरेपछि नेपाली एकताको भावलाई खुलेर प्रकट गरेपछि अहिले समाजिक सँजालमा त्यो गीत भाइरल बनेको छ ।
उनीहरुले गीतमा भेदभाव जे करेल वोकरा हिँचके लपेटा जस्ता शब्दहरु सजाएका छन् । काठमान्डौंमा मधेशी समुदायका व्यक्तिलाई हेर्ने विभेदीय नजरियाका कारण मधेशी–पहाडीबीच खटाँस उत्पन्न भएको बेला यो गीत मार्फत नेपालीहरुको एकतालाई झल्काएको छ ।
गत मंगलबार युट्युबमा अपलोड भएको ढाका–धोती अहिले सामाजिक सञ्जालको ट्रेन्डिङमा छ। युट्युबमा अपलोड भएको अफिसियल भिडिओमा मात्रै दुई हजारभन्दा बढी प्रतिक्रिया छ। अधिकांश प्रतिक्रिया सकारात्मक छन्।
अवधी भाषामा तराई–मधेसको पहिचान र सांस्कृतिक विविधतालाई सकारात्मक रूपमा प्रस्तुत गरिएको भिडिओमा गायक सुरज काहार र दीपक क्षत्रीले आफ्नो स्वर दिएका छन् । भिडियामा पनि दुवै जना अभिनय दिएको देखिन्छन्।
ढाका–धोती नामजस्तै सुरज क्षत्रीले पहाडी समुदायको र दीपक काहारले मधेसी समुदायको प्रतिनिधित्व गर्छन्। ढाका–धोती रयाप गीतमा आफ्नो समाजको कुरा र भोगाईलाई गीतमा उतारेको छ ।
अवधी शब्द भए पनि मैथिली, भोजपुरी र खस बुझ्नेले समेत गीतको भाव टिप्न सक्ने खालको छ। शब्द नबुझ्नेलाई गीतको भिडिओले धेरै कुरा बुझ्न मद्दत गरिरहेको छ।
गीतको म्युजिक भिडिओमा स्थानीय कलाकार र परिवेश प्रयोग गरिएको छ। गीतका शब्द अनुसार विभिन्न पहिरन, भेषवूषा, चाडपर्व र दैनिक जीवनका गतिविधिले सामाजिक विविधता झल्काउँछ।
यो गीतमा दीपकको आफ्नै तीतो भोगाइ पनि मिसिएको रहेछ। मधेसी भएकैले सधैं सीमापारिको मान्छे सोचिने चिन्तन र नश्लिय सोंचलाई गीतको रयाप मार्फत देशभक्ति र देशप्रेम प्रकट गर्न खोजेको देखिएको छ ।
युटुबमा हालेको दुई दिनपछि अहिले समाजिक सँजाल फेसबुकमा सो गीत मधेसको रयाप भनेर भाइरल बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…