धनुषाको खजुरीबाट करिब ७ लाखको मटर बरामद
टाउकोमा बोकी लैजाने क्रममा फालेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७७ साउन ७ बुधबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईलाका प्रहरी कार्यालय खजुरीले लाखौं मूल्य बराबरको अवैद्य समान बरामद गरेको छ ।
मँगलबार राती करिब ८ बजेको समयमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा स्थितबाट लाखौं मूल्य बराबरको अवैद्य समान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक हिरेन्द्र रोकायाको नेतृत्वमा गएको टोलीले ६ लाख बढीको समान बरामद गरेको हो ।
सशस्त्र प्रहरी बेश क्याम्प खजुरीका सहायक प्रहरी नीरिक्षक सहितको टोलीले गस्ती गएको बेला सो समान बरामद गरेको हो । गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारत तर्फ अन्दाजी १५/२० जना मानिसहरुको समुहले सुकेको केराउ (मटर) टाउकोमा बोकी लैजाने क्रममा फालेर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उक्त स्थानबाट ३५ वोरा २५ किलोको अन्दाजी रू ४२ हजारको सुकेको केराउ नियन्त्रणमा लिई लिएको जनाइएको छ । यसका साथै, सोही स्थानबाट राति विशेष सुचना प्राप्त हुन साथ प्रहरी नीरिक्षक रोकायाकै कमाण्डमा खटिएको टोलीले जिल्ला धनुषा जनकनन्दनी महुवा स्थित जितेन्द्रलाल दासको फुसको घरमा अवैध रुपामा राखेको ५० किलोको १ सय ५ बोरा छोकडा अन्दाजी ५ लाख २५ हजार रुपैयाँ बराबर तथा २५ किलोको २९ बोरा केराउ अन्दाजी ३४ हजार ८०० मूल्य बरारब र ५० किलोको ३६ बोरा केराउ करिब ८६ हजार मूल्य बराबरको समान बरामद गरेको हो ।
बरामद गरिएको करिब ७ लाख मूल्य बराबरको समान आवश्यक कारवाहिको लागि आज (बुधबार) जनकपुर भन्सार कार्यालयमा बुझाइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…