सेलिना कुवँरको बोलबम बोलबम बाजु कँवरिया रिलिज
गीतमा सेलिना कुँवरको आवाजलाई श्रोताहरुले सराहना गरेको छ ।

२०७७ साउन ५ सोमबार, राति ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली, भोजपुरी तथा नेपाली भाषा सहित हिन्दी भाषाकी गायिका सेलिना कुँवरको शिव भक्ति गित आज सार्वजनिक गरिएको छ ।
आज विहान ६ बजे समाजिक सँजाल युटुब मार्फत गितको प्रिमियर गरी रिलिज गरिएको हो । एस.राज प्रोडक्सनको बैनर मुनी सावनको भक्ति गीत युटुबमा रिजिल गरिएको प्रोडक्सनका सिईओ सँतोष राज सहनीले जानकारी दिए ।
मैथिली भाषाको यो गीतमा श्रावण महिनाभरि हुने शिवभक्तिलाई मध्यनजर गरिएको छ । एसराज प्रोडक्सनको अधिकारीक युटुबमा रिलिज गरिएको सो भक्ति गीत समीर खानले रचेका हुन भने त्यसमा सँगीत भने सन्तोष राज सहनीले दिएका हुन् । गीतमा विजय झाको समेत सहयोग गरेको जनाइएको छ ।
गीत बोलबमलाई मध्यनजर गरी रिलिज गरिएको हो । गीतमा सेलिना कुँवरको आवाजलाई श्रोताहरुले सराहना गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…