राष्ट्र र जनताको लागि काम गर्दैगर्दा ई. गोईतको ज्यान गयो : मन्त्री मगर
अन्य दुई जना घाइतेहरुको उपचार भइरहेको छ।’ उनले भनिन्, ‘यो घटनाले हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ।

२०७७ साउन ५ सोमबार, बिहान ८:३८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमान्डौं । खानेपानी मन्त्री बीना मगरले जनकपुरका ईन्जिनीयर सतिश गोईतले राष्ट्र र जनताको लागि काम गर्दै गर्दा ज्यानको आहुति दिएको बताएकी छन् ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्ने क्रममा दुर्घटना भई ज्यान गुमाएका इञ्जिनियरको परिवारलाई उचित राहत र बीमा लगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको उनले बताइन् ।
ईन्जिनीयर सतीश कुमार गोइतको परिवारलाई उचित राहत र बीमा लगायतका सुविधाहरु दिने प्रक्रिया अघि बढाउन खानेपानी मन्त्रालयले पहल थालेको बताइएको छ ।
उक्त घटनाको सन्दर्भमा आइतबार ज्ञापन पत्र बुझाउन आएका प्रोगेसिभ इञ्जिनियरिङ एशोसियशन नेपाल प्रदेश नम्बर २ को प्रतिनिधि मण्डलसँगको भेटमा खानेपानी मन्त्री मगरले मेलम्ची आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको उक्त घटनाले आफू निकै स्तब्ध भएको बताइन्।
मन्त्री मगरले सुरुङको परीक्षण गर्दा यस्तो घटना होला भनेर आफूले कल्पना समेत नगरेको बताइन्। ‘राष्ट्र र जनताको निम्ति काम गर्दा गर्दै इञ्जिनियर गोईतको ज्यान गयो। सवारी चालक मगर अझै बेपत्ता छन्।
अन्य दुई जना घाइतेहरुको उपचार भइरहेको छ।’ उनले भनिन्, ‘यो घटनाले हामीलाई निकै गम्भीर र दुःखी बनाएको छ। उनीहरुले गरेको योगदानप्रति हामीले सधैं सम्झन हाम्रो तर्फबाट केही न केही गर्नेछौं।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…