अभिनेता सुशान्त सिँहको आत्माले भने– “मृत्यू भन्दा पहिले एक जनासँग धेरै बहस भयो” !
भिडियोमा सुशान्तको आत्मासँग प्रश्न गरेको र सुशान्तको आत्माले जवाफ दिएको पनि देखिएको छ ।

२०७७ साउन ४ आइतबार, दिउँसो २:५३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । बलिवुडको चर्चित अभिनेता सुशान्त सिँह राजपुतको प्रकरण अहिले भारत सहित फिल्मी सँसारमा जल्दोबल्दो घटनाको रुपमा रहेको छ ।
सोही क्रममा अभिनेता सुशान्त सिँह राजपुतको मृत्यूलाई लिएर उनका फयानहरु अहिले अलमलमा छन् । त्यही प्रहरी जाँच बाहेक पनि सुशान्त सिँहका फयानहरु उनको मृत्यूको तथ्य पता लगाउनको लागि बेग्ला बेग्लै तरिकाहरु अपनाइरहेका छन् ।
यसको सबुत र प्रमाण हो अमेरिकी पैरानोर्मल एक्सपर्ट स्टीव हफ, जसले सुशान्त सिँह राजपुतको आत्मासँग कुराकानी गर्न सफल भएको छ । सुशान्तको फयानहरुले हफलाई बारम्बार सुशान्तको आत्मासँग कुराकानी गरी उनको मृत्यूको बारेमा सोध्न आग्रह गरेपछि स्टीव हफले कुराकानी गरेका छन् ।
विशेष यन्त्रको मार्फत आत्मासँग कुराकानी गर्न सक्ने अमेरिकी एक्सपर्ट स्टीव हफले पहिलो सेशनमा उनले सुशान्त सिँह राजपुतको आत्मा आउँछ की आउँदैन भनेर परीक्षण मात्र गरेका थिए । सो क्रममा सुशान्त सिँह सँगै अन्य दुई आत्मा आएको पनि भिडियोमा खुलाइएको छ ।
स्टीवले दाबीका साथ भनेका छन की फयानहरुको माग र आग्रह अनुसार विशेष यन्त्रको मार्फत सुशान्तको आत्मासँग स्पीरिट बाँकस सेशन गरेका छन् । जसको भिडियो पनि उनले सार्वजिनक प्रमाणको लागि गरेका छन् ।
गत १३ जुलाईमा गरेको सो सेशनमा स्टीवले एक अदृश्य व्यक्तिको आवाजसँग कुराकानी गर्दै देखिएको छ । उनको अनुसार भिडियो देखिएको र मेसिनमा सुनिएको आवाज सुशान्त सिँह राजपुतको हो । उनले भिडियोमा सुशान्त सिँह राजपुतको आत्मालाई बोलाएको पनि देखिएको छ ।
भिडियोमा पुरै कुरा सुनेर सुशान्त सिँह राजपुतको फयानहरु ईमोश्नल (भावुक) भइरहेको छ । र कमेन्टमा स्टीवसँग पुनः अर्को सेसन गर्न माग पनि गरेका छन् । स्टीवका अनुसार प्रथम सेसन यसको लागि मात्र गरिएको थियो की सुशान्तको आत्मा आउँछ की आउँदैन भनेर । सुशान्तसँगै दुई आत्मा जो की एक महिला र एक पुरुष आएको थियो र स्टीवको छेउमै उभेको उनले महसुस गरेको बताएका छन् ।
स्टीवले सुशान्त सिँहको आत्मा निकै बलियो (स्ट्राँग) भएको बताएका छन् । उनले सुशान्तको आत्मासँग कुरा गर्दा अविश्सनीय अनुभव भएको पनि उल्लेख गरेका छन् । भिडियोमा सुशान्तको आत्मासँग प्रश्न गरेको र सुशान्तको आत्माले जवाफ दिएको पनि देखिएको छ ।
सो क्रममा उनले सोधेका छन्–“तपाईको मृत्यू कसरी भयो ? के तपाई समक्ष उज्याले पुगिरहेको छ ?
जवाफमा एक आवाजले अँग्रेजीमा बोल्दै भनेका छन्–“यहाँ उज्यालो छ हफ, उनीहरुलाई भन की मलाई उज्याले भेटाइसकेको छ । उज्यालो धिमी भइरहेको छ , उ तपाईलाई देखिरहेको छ । यसपछि स्टीवले सोधे– तपाईले आफ्नो ज्यान किन लिनुभयो ? सुशान्तले एउटै जवाफ दियो– “बदलाव” ।
त्यसपछि स्टीवले सोधे, तपाईका फयान्सहरुलाई लाग्छ की तपाईसँग केही गलत भएको थियो । उहाँहरुसँग तपाई के भन्न चाहनुहुन्छ ? यस प्रश्नको जवाफमा उनले धेरै नै भावुक जवाफ दिएका छन्–“म भगवान सँग भेटन चाहन्थे, तपाई उहाँहरुलाई भन्नुहोला की सुशान्तको आत्मा ठिक छ र स्वर्गमा छ ।
यो भिडियोपछि र सुशान्तको जवाफपछि उनका फयानहरु अधिक नै भावुक भएका छन् । उनीहरुले सुशान्तको आत्मासँग पुनः सेशन गर्न माग र आग्रह गरेका छन् । स्टीवले भने सुशान्तसँग गहन प्रश्न गर्नको लागि पुनः अर्को सेशन गर्ने तयारीमा रहेका छन् । जसमा उनले उनको मृत्यूसँग जोडिएको सबै प्रश्नहरु गर्नेछन् ।
स्टीव हफ एक पैरानोर्मल एक्सपर्ट हुन जो की पछिल्लो १० वर्षदखि आत्माहरुसँग कुराकानी गर्दै आएको छ । आत्मासँग कुराकानी गर्नको लागि उनले एक डिभाईस (मेसिन) बनाएको छ । जसको नाम Spirit Communications Device राखिएको छ । स्टीवले सो मेसिन मार्फत आत्मासँग कुराकानी गर्दै आएको छ । मेसिनको प्रयोगले आत्मालाई कुराकानी गर्न बोलाउने गरेको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…