प्रधानमन्त्री ओलीको बोलीले जनकपुरका साधुसन्तहरु आन्दोलनमा
अयोध्यामा राम मन्दिर बनाउनको लागि बर्षौदेखि चल्दै आएको मुद्दा गत वर्ष मात्र सर्वोच्च अदालतबाट टुँगिएको हो ।

२०७७ साउन ३ शनिबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या सम्बन्धी दिएको बयानपछि जनकपुरका साधुसन्तहरु पनि आन्दोलित भएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सत्ता र कुर्शी बचाउनको लागि मात्र पौराणिक ईतिहास उपर औला उठाएको भन्दै धर्म सँस्कृतिसँग खेलवाड गरेको बताउँदै आन्दोलित भएका हुन् ।
उक्त रैलिमा सत्ता बचाउन प्रधानमंत्रीले दिएको रामजन्म सम्बन्धी अभिब्यक्ति बिरुद्ध चर्को नारेबाजी समेत भएको थियो।
यसका साथै, विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरणमा भ्रष्टाचार भएको भन्दै साधुसन्तहरु आन्दोलित भएका छन् ।

जानकी मन्दिरको फूलबारी अतिक्रमण सहित सौन्दर्यीकरणको नाममा व्यापक भ्रष्टाचार गरेको भन्दै साधु सन्तहरु जनकपुरमा रयाली निकालेका हुन् ।
शनिबार (आज) विभिन्न हिन्दूबादी संघसँस्थाहरुको समन्वयमा जानकी मंदिर फुलबारी अतिक्रमण, सौंदर्यकरणको नाउँमा लगाईएको मार्बल्समा भ्रष्टाचार भएको भन्दै उनीहरु रयाली निकालेका हुन् ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूची सूचीकृत गराउन एवं राम जानकी अर्थात जनकपुरधाम र अयोध्याको सम्बन्ध कायम राख्न पनि बृहत रयाली निकालिएको थियो । जनकपुरको रामानन्द चौकबाट शुरू भइ शहरको विभिन्न भाग हुँदै रेल्वे स्टेशनमा गएर कोणसभामा परिणत भएको थियो ।
केही दिन अघि प्रधानमन्त्री ओलीले भगवान रामको जन्म पर्सा जिल्ला स्थित रहेको ठोरी (अयोध्यामा भनिएको) भनेपछि देश सहित भारतमा समेत विरोध जनाइएको छ ।
रामायणकालिन इतिहास अनुसार तथा विभिन्न ग्रन्थहरु अनुसार भगवान रामले मनुष्यको रुपमा भारतको अयोध्यामा जन्म लिएको थियो । अयोध्यामा राम मन्दिर बनाउनको लागि बर्षौदेखि चल्दै आएको मुद्दा गत वर्ष मात्र सर्वोच्च अदालतबाट टुँगिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…