मिर्चैयामा वृद्ध माथी छुरा प्रहार
सिरहा, २० मंसिर । मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् । घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्

२०७४ मंसिर २० बुधबार, राति ९:२१ बजे१ मिनेट पढाइ

सिरहा, २० मंसिर । मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् । घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए ।
छुरा प्रहार गरेको आरोपमा स्थानिय २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ । छुरा प्रहार आपसी झै– झगडाको कारणले भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…