आजदेखि सवारी साधनमा नयाँ कर, कुन गाडीको कर कति ?
यस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले चर्को कर दस्तुर लगाएको छ ।

२०७७ साउन १ बिहीबार, बिहान ८:०६ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नयाँ आर्थिक वर्ष २०७७/०७८ देखि सवारी साधनमा नयाँ कर दर तोकिएको छ ।
प्रदेश नं. २ मा सवारी साधनको कर अघिल्लो आर्थिक वर्षकै राखिएपनि केही सवारीमा थपघट गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको नयाँ कर दरमा ट्रयाक्टरमा कर घटाएको जनाएको छ ।
प्रदेश नं. २ को सवारी साधन करमा निजी सवारी साधनको लागि ५३ हजार रुपैयाँसम्म कर तोकिएको हो । नयाँ दरमा कार, जीप, भ्यान र माईक्रो बसको लागि १००० सिसिसम्ममा १९ हजार रुपैयाँ कर तोकिएको हो ।
यस्तै १००१ सिसिदेखि १५०० सिसिसम्मको २१ हजार रुपैयाँ, ५१०१ देखि २००० सिसिसम्मको गाडीमा २३ हजार रुपैयाँ तोकिएको छ । २००१ देखि २५०० सिसिसम्ममा ३२ हजार, २५०१ देखि २९०० सिसिसम्म ३७ हजार रुपैयाँ तथा २९०१ देखि माथिको मा ५३ हजार रुपैयाँसम्म कर लिने भएको छ ।

यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर र क्रेन जस्ता मेसिनरी उपकरणमा पनि कर तोकिएको छ । त्यसको लागि प्रदेश सरकारले ३५ हजार रुपैयाँ एकमुष्ट तोकेको हो । यसका साथै, मिनीटिपरको लागि २५ हजार रुपैयाँ तोकिएको हो ।
प्रदेश सरकारले अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पो, ट्रेक्टर र पावर टिलरमा ५ हजारदेखि ३० हजारसम्म कर तोकिएको हो । अटो रिक्सा, थ्री ह्वीलर (तिनपाँग्रे, तिनपहिया) टेम्पोको लागि ५ हजार, ट्रैक्टरमा ४ हजार, पावर टिलरमा ३ हजार, मिनिट्रक र मिनीबसमा २२ हजार तथा ट्रक र बसको लागि ३० हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…