२० वर्षमा प्रदेश २ काठमान्डौं भन्दा राम्रो बन्छ : मन्त्री सोनल
वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको हो ।

२०७७ असार ३० मंगलबार, बेलुकी ७:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ सरकारका भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आउँदो २०/२५ वर्षमा प्रदेश २ काठमान्डौं भन्दा पनि राम्रो बन्ने बताएका छन् ।
जहिले पनि प्रदेश २ का सरकारलाई दोषी देख्ने बाँकी दुई सरकार आफूखुसी गरेको आरोप लगाउँदै उनले मध्यकै सरकारले यस प्रदेशलाई समृद्ध र काठमान्डौं भन्दा राम्रो बनाउने विश्वास व्यक्त गरे ।
पुरानो समाजिक सँस्था मधेश ग्रामिण विकास परियोजनाको १२ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री सोनलले तीन तहको सरकारमध्ये संघीय सरकार र स्थानीय सरकारले जहिले पनि प्रदेश सरकारलाई नै दोषी देख्ने प्रवृति कायम गरेको आरोप लगाए ।
उपल्लो र तल्लो तहले मध्य तहलाई नै दोषी देख्ने चश्मा परिवर्तनको आवश्यकता उनले औल्याए । ७० वर्षको सपना र संर्घषवाट पाएको प्रान्तीय सरकारलाई कसरी मजबुत र अधिकार सम्पन्न बनाउने भन्नेमा कसैको चासो नरहेको गुनासो गरे ।
७० वर्ष अगाडि गजेन्द्र नारायण सिंह र रामराजा प्रसाद सिंहले देशमा संघियता, प्रान्तीय सरकारको परिकल्पनालाई मूर्तरुप दिन सफल भएको बताउँदै २० देखि २५ वर्षमा यो प्रदेश काठमाण्डौं भन्दा राम्रो हुने बताए ।
मधेश ग्रामिण विकास परियोजनाका अध्यक्ष सँजय कुमार साहको अध्यक्षता तथा मन्त्री सोनलको प्रमुख आतिथ्यमा सम्पन्न भएको १२ औंं वार्षिकोत्सवमा बोल्दै विद्यायक परमेश्वर साहले संघीय सरकार र स्थानीय सरकार प्रदेश सरकारलाई नै दोषी देख्ने गरेको आरोप लगाए ।
उनले सयौं मधेशी वीरहरुको रगतले आएको संघीयतलाई पुन विनास गर्नको लागि संघीय सरकार लागि परेको बताउँदै प्रदेश २ का सरकारले त्यस्तो हुन नदिने चेतावनी पनि दिए ।
सहकारी संघ तथा सहकारी अभियानी ध्रुवनारायण यादवले सहकारीलाई प्रदेश सरकारले बुझन नसकेको कि सहकारीले प्रदेश सरकारलाई बुझाउन नसकेको धारणा राखे ।
सो क्रममा परियोजनाका अध्यक्ष साहले अहिलेका युवा वर्गहरुलाई हरेक क्षेत्रमा मोर्चा सम्हाल्नुपर्ने बताए । उनले पत्रकारिता , समाजसेवा, युवा नेतृत्व, कलाकारहरुले आफ्नो मोर्चा बलियो बनाएर राखे प्रदेश २ को सबै क्षेत्र बलियो हुने विश्वास राखे ।

वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको हो । उनीहरुलाई सम्मान पत्र र माया को चिनो प्रदान गरेका थिए।
वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा पत्रकार, सामाजसेवी, व्यापारी तथा कलाकारहरु सहित दर्जनौं व्यक्तिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन ।
पत्रकारिता क्षेत्रमा लगनशिलताका साथ काम गरेको भन्दै पत्रकार बृजकुमार यादव , पुरन साह, कैलाश दास, प्रमोद साह, राजन सिंह, संजय साह, ओम प्रकाश साह, गणेश यादव लगायतकालाई सम्मान गरिएको थियो ।
यसका साथै, असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, सहकारी संघका ध्रुव नारायण यादव, उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, युवा नेता राकेश विक्रम साह, प्रशान्त झा, धनुषाको हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा सहितकालाई सम्मान गरिएको छ ।
यस्तै, शिक्षाविद जुगेशवर साह,जनकपुर जेसिज का अध्यक्ष गौतम साह,मनोज साह,महिला नेतृत्व बिन्दु ठाकुर,बिमला साह,कलाकार सपना साह,पुजा ठाकुर,समाजसेवी प्रमेश्वर साह,राम चन्द्र पजियार लगायतलाई सम्मान गरिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…