धनुषाः कमला नदीमा पानी बढेपछि गाउँमा त्रास !
पानीको बहाव मोटो हुँदै गएपछि गाउँमा त्रास फैलिएको छ ।

२०७७ असार २६ शुक्रबार, बेलुकी ५:४९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूुरो, जनकपुरधाम । धनुषा र सिरहा जिल्लाको सीमामा रहेको कमला नदीमा पानीको बहाब बढदै गएपछि आसपासका गाउँमा त्रास बढेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ ईनरर्वा स्थित गत वर्ष नै बाँध फोडेको कमला नदीले सिँगो गाउँ नै विस्थापित गरेको थियो ।
सोही गाउँसँगै कमला किनारमा रहेको वडा नं. १ को मलहनिया र फूलबारी गाउँका बासिन्दामा पनि त्रास बढेको छ । यी गाउँहरु कमला नदीको उच्च जोखिममा पर्ने गरेको छ ।
विगत २ दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण कमला नदीको पानि बढदै गएको छ । पानीको बहाव मोटो हुँदै गएपछि गाउँमा त्रास फैलिएको छ ।
यता, धनुषाको सबैला नगरपालिका वडा नं. १३ किरतपुर स्थित बाँधको अवस्था नाजुक भएको भन्दै स्थानीयहरुमा त्रास पैदा भएको कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए ।
यादवका अनुसार, इनरर्वा तर्फ अहिले अवस्था समान्य रहेपनि पानीको बहाब बढदै गएपछि त्रास पैदा हुनु स्वभाविक रहेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…