असई यादव ५००० घुस सहित पक्राउ
यादवलाई थप अनुसन्धानका लागि अख्तियारको बर्दिबास कार्यालय ल्याइएको छ ।

२०७७ असार २६ शुक्रबार, दिउँसो १२:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकाको गौरीशंकरबाट एक जना असई पाँच हजार घुस रकम सहित पक्राउ परेको छ ।
ईश्वरपुर नगरपालिका–१४, श्रीनगरस्थित प्रहरी चौकी गौरीशंरका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) राम विश्वास राय यादव पाँच हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले असई यादवलाई गत मंगलबार असार २३ गते दिउँसो कार्यालयबाटै घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो ।
असई यादवले नियन्त्रणमा लिएको कागजात नभएको भारतीय नम्बर प्लेटको मोटरसाइकल छुटाइदिने प्रयोजनमा घुस लिएको अख्तियारले जनाएको छ ।
यादवलाई थप अनुसन्धानका लागि अख्तियारको बर्दिबास कार्यालय ल्याइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…