भारतीय न्यूज च्यानलहरु बन्द गरेको भन्दै डिसहोम बायकट गर्ने चेतावनी
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा भारतीय समाचार च्यानलहरु बन्द गरेपछि जनकपुरमा विरोध गरिएको छ । सरकारले डिसहोमबाट प्रसारण हुने भारतीय समाचार च्यानलहरुमा बन्द गरेको भन्दै जनकपुरका युवाहरु त्यसको विरोध गरेको छ । विहिबार (आज) समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले जनकपुरमा विरोध प्रदर्शन ग

२०७७ असार २५ बिहीबार, राति ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा भारतीय समाचार च्यानलहरु बन्द गरेपछि जनकपुरमा विरोध गरिएको छ ।
सरकारले डिसहोमबाट प्रसारण हुने भारतीय समाचार च्यानलहरुमा बन्द गरेको भन्दै जनकपुरका युवाहरु त्यसको विरोध गरेको छ । विहिबार (आज) समाजवादी पार्टीका युवाहरु तथा भातृसंगठनका युवाहरुले जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।
नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभरि छरिएकाले कुनै पनि सञ्चारको हक खोस्न नहुने भन्दै नेपाल सरकारको यो निति निरंकुश शासनको उदाहरण रहेको जसपाका युवा नेता किसन साहले बताए ।
उनले भने,–“आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिशहोमलाई बहिष्कार गर्ने र यहाँको विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्नेछौं ।”
उनीहरुले समाचार हेर्ने हक भएको भन्दै गलत र मिथ्या समाचार दिने च्यानल उपर कारवाहीको माग गर्नुको सट्टा च्यानल नै बन्द गरेपछि सूचनाको हक खोसेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…