प्रदेश राहत कोषमा ग्लोबल आइएमइ बैंकको दस लाख सहयोग
प्रदेश सरकारले राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गर्दै आएको छ ।

२०७७ असार २४ बुधबार, बिहान १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा ग्लोबल आइएमई बैंकले दस लाख सहयोग गरेका छन ।
संस्थाका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई दश लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।
प्रदेश सरकारले राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…