जनकपुरः मधेशी शहिदहरुको स्मरणमा विशाल 'शहिदगेट' बन्दै
गेट प्रवेश लगत्तै शहिदहरुको झझल्को दिइने जनाइएको छ ।

२०७७ असार १९ शुक्रबार, राति १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मधेशी सहिदहरुको स्मरणमा विशाल शहिद गेट निर्माण हुने भएको छ । भोली (शनिबार) एक कार्यक्रमबीच शिलान्यास कार्यक्रम राखिएको हो ।
जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले भोली विहान शहीद गेटको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शनिबार विहान ७ बजे जनकपुरधाम प्रवेश गर्ने पिराडी चोकमा शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मधेश आन्दोलनमा सहादत दिएका विर शहीदहरुको सम्झनामा सो गेट निर्माण गर्न लागिएको हो । शहीदहरुको सम्मानमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको विशेष पहलमा सो गेट निर्माण गर्न लागेको हो ।
साढे ३ करोडको लागतमा निर्माण हुने सो शहीद गेट चालु आर्थिक बर्षमै निर्माण सकिनु पर्ने भएको छ । विशाल शहिद गेट निर्माणको लागि प्राथमिक एनिमेशन फोटो समेत तयार पारिएको हो ।
विभिन्न मधेश आन्दोलनमा सहादत दिएका मधेशभरिका शहिदहरुको स्मरणमा सो शहिदगेट निर्माण गर्न लागिएको हो । गेट प्रवेश लगत्तै शहिदहरुको झझल्को दिइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…