जनकपुरः गाउँ–गाँउबीच फिल्मी शैलीमा भिडन्त, कैयौं घाईते !
केहीलाई जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७७ असार १९ शुक्रबार, बिहान ११:१४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दुई गाउँबीच फिल्मी शैलीमा झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् ।
धनुषाको विदेह नगरपालिका वडा नं. २ दुबही र वडा नं. ३ गोबराहीका गाउँलेबीच अस्पताल निर्माणको विषयमा झडप हुँदा आधा दर्जन स्थानीय घाईते भएका हुन् ।
झडप विहिबारदेखि नै अहिलेसम्म जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिप्रका धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार वडा नं. २ दुहबीमा बन्न लागेको बर्थिङग सेन्टरको विषयमा पटक पटक झडप हुँदा केही जना घाईते भएका छन् ।
वडा नं. २ मा निर्माण हुन लागेको बर्थिङग सेन्टर निर्माणको विषयलाई लिएर वडा नं. ३ का बासिन्दाहरुले त्यसलाई अवरोध गरेपछि झपड भएको हो । वडा नं. २ वासीले बनिरहेको स्थानमै बन्नुपर्ने तथा वडा नं. ३ बासिन्दाले वडा नं. ३ मा बन्नुपर्न विषयलाई लिएर दुई गाउँलेबीच ढुँगामुढा भएको हो ।
.jpg)
स्थानीय एक प्रत्यदर्शीका अनुसार तरबारले एक जनाको कान समेत काटिएको छ भने दुहबी बजार स्थित रहेको ८ वटा घर समेत जलाइएको छ । बजार स्थित ठटयाइएको रक्सी पसलको झुपडीहरुमा आगो लगाएर जलाएको बताइएको छ । यसलाई धनुषा प्रहरीले समेत पुष्टि गरेको छ ।
पुरानो स्वास्थ्यचौकी रहेको स्थानमा १ कठ्ठा सार्वजनिक जग्गामा निर्माण हुन लागेको बर्थिङग सेन्टरको लागि लडाई भएको हो । पछाडी पुरानो भवन तथा अगाडी बर्थिङग सेन्टर निर्माण हुन लागेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…