बलिवुडकी चर्चित डान्स डायरेक्टर खान रहिनन् !
उनको बिहीबार राति निधन भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।

२०७७ असार १९ शुक्रबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । बलिवुड सिने जगतमा डान्स डायरेक्टरमध्ये चर्चित सरोजा खानको निधन भएको छ ।
उनको बिहीबार राति निधन भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो।
उनी ७२ वर्षकी थिइन्। जुन १७ मा सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।
बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।
नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित "देवदासु सिनेमाको "डोला रे डोलाु" माधुरी दिक्षित अभिनित "तेजाबु सिनेमाको "एक दो तीनु र "जब वी मेटु सिनेमाको "ए इश्क हायु लगायतका छन्।
उनले अन्तिमपटक करन जोहर निर्मित "कंलकु सिनेमाको " तबाह हो गईु गीतमा कोरियोग्राफी गरेकी थिइन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…