नेकपाभित्रै विवाद उग्र, ओली र प्रचण्ड वार्तामा
यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए ।

२०७७ असार १७ बुधबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि अहिले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्ड वार्तामा बसेका छन् ।
बालुवाटारमा भईरहेको वार्तामा पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयास गरिने जनाइएको छ ।
बिहान ११ बजेदेखि स्थायी समिति बैठक बस्ने भनिएपनि दुई अध्यक्षबीच जारी संकट समाधानको पहलस्वरुप छलफल भइरहेको बुझिएको छ ।
दुई अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति बैठक बस्ने जनाईएको छ । गत आइतबार प्रधानमन्त्रीले भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद बढेको हो ।
मंगलबारको बैठकमा प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पद छाड्न चेतावनी दिएका थिए ।
यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…