आमालाई कुटदा छोराले गरे बुवाको हत्या !
ट्याक्टर चालक रहेका टुढुले श्रीमितलाई कुटेको छोराले देख्ने गरेका थिए ।

२०७७ असार १७ बुधबार, बिहान ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । आमालाई कुटेको भन्दै एक किशोरले आफ्नै वुवालाई बञ्चरो (टेँगारी) प्रहार गरी हत्या गरेको छ ।
प्रदेश नं. १ को मोरँग जिल्लाको जदहा गाउँपालिका वडा नं. ५ सन्थाल बस्ती बस्ने सकल टुढुले आफ्नै वुवाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई मँगलबार पक्राउ गरिएको हो ।
गत शनिबार उनले आफ्नै वुवा अन्दाजी वर्ष ४१ का बिरजु टुढुको हत्या गरेको आरोपमा जोगबनी नाकाबाट पक्राउ परेका छन् ।
मोरँग प्रहरीका अनुसार, गत शनिबार राती बिरजु (अहिले मृतक) ले श्रीमति शान्ति (सकल की आमा) लाई कुटपिट गरेका थिए । कुटपिटपछि उनी सुत्न गएको बेला आईतबार विहान करिब ५ बजेको समयमा रिस फेर्न उनले बञ्चरो प्रहार गरी भागेका थिए ।
बञ्चरो प्रहारपछि गम्भिर घाईते भएका बिरजुलाई उपचारको लािग विराटनगरस्थित रहेको विराट नर्सिङ्ग होममा लगेको र उपचार गर्ने पैसाँ नभएपछि घरमा ल्याएका बिरजुको आइतबार साँझ मृत्यु भएको थियो ।
यसरी भयो घटना
टुढुको घरमा शनिबार जेठी छोरी र ज्वाइ पाहुना आएका थिए । खानपिन गरेपछि जेठी छोरी र ज्वाइ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफनै घरको खाटमा सुतेका थिए । श्रीमति र छोराछोरीहरू भुइमा सुतेका थिए ।
‘बिरजु सुत्ने खाटमा उनको दिदीको नातीले पिसाव गरिदिएको कारण श्रीमति शान्तिले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाई दिएका थिए । तर बिरजुलीले शान्तिलाई ओछ्यानमा पिसाव गर्न दिइस् भन्दै गाली गलौज गर्दै कुटपिट गरेका थिए,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘बाबुले आमालाई कुटेको छोराले देखेको रहेछन् ।
आमालाई कुटेको रिस फेर्न आइतबार बिहान ५ बजेको समयमा बावुलाई बन्चरो प्रहार गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ मृतक टुढुले श्रीमति शान्तिलाई यस अघि पनि बारम्बार कुटपिट गर्दै आएको आएका थिए । ट्याक्टर चालक रहेका टुढुले श्रीमितलाई कुटेको छोराले देख्ने गरेका थिए ।
आमालाई बावुले कुटपिट गरि मार्ने र अर्को कान्छि आमा ल्याउने भएकोले बावुको हत्या गर्ने मनसायले धारिलो हतियार प्रहार गरेको प्रहरीलाई दिएको बयानको क्रममा बताएका छन् ।
मृतकका श्रीमति दिशा गर्न बाहिर गएको अवस्थामा छोराले बावुलाई बञ्चरो प्रहार गरि गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । बन्चरो प्रहार गरि बिरजुको निधरमा गहिरो चोट लागेको थियो । बावुको हत्यामा प्रयोग गरिएको बन्चरो नजिकको पोखरीमा फालेका थिए ।
प्रहरीले मंगलबार दिनभरी खोजविन गरि बञ्चरो पनि फेला पारेको छ ।
बावुको हत्या आरोपमा पक्राउ गरेको टुढुलाई प्रहरीले मोरङ जिल्ला अदालतबाट मंगलबार कर्तब्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…