शहिदनगरको बजेट ५४ करोड बढी, कोरोनामा विशेष रोजगारी र राहत योजना
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय गौरवको योजनाहरु ल्याएर प्रदेश नं. २ मै फड्को हानेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५४ करोड बढी बजेट विनियोजन गरेको छ । आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व ब

२०७७ असार १५ सोमबार, बेलुकी ६:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय गौरवको योजनाहरु ल्याएर प्रदेश नं. २ मै फड्को हानेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५४ करोड बढी बजेट विनियोजन गरेको छ ।
आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व बाँडफाँड तर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रहेको छ ।
यसका साथै, यसपाली कोभिड–१९ को कारण प्रभावित भएका विपन्न समुदायलाई, विपन्न परिवार र व्यक्तिलाई श्रममूलक योजनाहरु लगाएर प्रत्यक्ष रोजागरी सृजना गरिने जनाइएको छ ।

लकडाउन र कोभिडका कारण प्रभावित गर्भवति महिला, अपाँग, बालबालिकाहरुलाई केन्द्रीत गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने मेयर बरबरियाले बताए । बरबरियाका अनुसार, कोभिड सम्बन्धी समेचतात्मक कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु सँचालन गरी क्षमता अभिवृद्धिको तालिमहरु सँचालन गरिने छ ।
कोभिड १९ कारण डिप्रेषण, तनावमा रहेका लक्षित वर्गहरुलाई मनो परामर्श सेवाको पनि सुविधा यसै वर्षदेखि सँचालन गरिने जनाईएको छ ।
यसपालीको बजेटमा शिक्षा र कृषि आधुनिकीकरणमा विशेष जोड दिइएको छ । आउँदो आर्थिक वर्षमा नगरभरिको विद्यालयहरुलाई डिजिटल प्रविधिमा लैजाने योजना अघि सारिएको हो । यस्तै, कृषि क्षेत्रलाई पनि आधुनिकीकरणलाई प्राथमिकीकरण गरिएको हो ।



.jpg)















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…