पटनामा अभिनेता 'सुशान्त सिँह राजपूत' को नामले चोक
उनको मुद्दामा अहिले मुम्बई पुलिस सक्रिय रुपले छानबिन जारी राखेको छ ।

२०७७ असार १४ आइतबार, राति ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पटना । प्रसिद्ध बलिवुड अभिनेता सुशान्त सिँह राजपुतको नामले चोकको नामाकरण गरिएको छ ।
गत जुन १४ मा आफ्नै घरमा मृत फेला परेका अभिनेता सुशान्त सिँह राजपूतको स्मृतिमा पटनाको प्रसिद्ध स्थल राजीवनगरलाई नाम परिवर्तन गरी अबदेखि सुशान्त सिँह राजपूत चौक नामाकरण गरिएको हो ।
पटनावासीको तर्फबाट उनको स्मृतिमा सो ठाउँको नाम सुशान्तसिँह राजपूत चोक राखिएको हो । यसअघि विहार राज्यको विभिन्न स्थानमा रहेको बलिवुड अभिनेता सलमान खान र करण जोहरको सबै पोष्टरहरु हटाइएको थियो ।
अभिनेता सिँह विहार राज्यकै भएको कारण तथा सानो शहरबाट बलिवुडमा गएको कारण उनलाई मानसिक तनाव दिएपछि आत्महत्या गरेको खवरहरु विभिन्न सँचारमाध्यमहरुमा आएको छ ।
जानकारी अनुसार, पटनामा अभिनेता सुशान्त सिँह राजपूतकै नाममा ठुलो फाण्डेशन समेत सँचालन गर्न लागिएको हो । त्यसमा नौजवानहरुलाई फिल्मी दुनियाँमा ल्याएर उनको सपना साकार पार्ने लक्ष्य लिइएको छ ।
पटनाको राजीवनगरलाई सुशान्तको स्मरणमा बदल्दै रोड नं. ६ लाई सुशान्त सिँह राजपूत चौक नामाकरण गरिएको हो । अभिनेता सिँह टयालेन्टेड अभिनेताको रुपमा निकै कम समयमा बलिवुडमा नभएपनि दर्शकको मनमा स्थान बनाउन सफल भएका थिए ।
उनको मुद्दामा अहिले मुम्बई पुलिस सक्रिय रुपले छानबिन जारी राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…