बलिवुड फिल्म 'गल्ती' मा धनुषाका 'अरुणकान्त'
जनकपुरधाम, १५ माघ । बलिवुडसम्म सपना तय गर्ने प्रायः सपना बाटोमै तुहिन्छ । तर धनुषाका अरुणकान्त यादव बलिवुड फिल्ममा अभिनय गर्न सफल भएका छन् । अरुणकान्तद्धारा अभिनित हिन्दी फिल्म ' गल्ती' मा उनले दह्रो अभिनय दिएका छन् । बन्दे प्रसाद साहुको निर्देशन तथा सन्तोष विश्वकर्माको लगानीमा बनेको यो फिल्म बी ग्र

२०७४ माघ १५ सोमबार, राति ८:१३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १५ माघ ।
बलिवुडसम्म सपना तय गर्ने प्रायः सपना बाटोमै तुहिन्छ । तर धनुषाका अरुणकान्त यादव बलिवुड फिल्ममा अभिनय गर्न सफल भएका छन् ।
अरुणकान्तद्धारा अभिनित हिन्दी फिल्म 'गल्ती'मा उनले दह्रो अभिनय दिएका छन् ।
बन्दे प्रसाद साहुको निर्देशन तथा सन्तोष विश्वकर्माको लगानीमा बनेको यो फिल्म बी ग्रेडको श्रेणीमा राखिएको छ ।
हट दृश्य, बेड सिनले भरपूर यो फिल्मलाई सेन्सर बोर्डले अहिले सेन्सर गरिरहेको बताइएको छ ।
भिडियो
फिल्ममा मुख्य भूमिकामा धनुषाका अरुण कान्त यादव, नायिकामा अनुष्का श्रीवास्तव, मोहनलाल महतो रहेका छन् ।
एमआरआर ईन्टरटेनमेन्ट एण्ड ओम आर्ट प्रोडक्सनको बैनरमुनि निर्माण भएको यो फिल्म बलिवुड अपकमिँग फिल्म हेट स्टोरी ४ लाई समेत टक्कर दिने फिल्मको टिजरबाट देख्न सकिन्छ ।
फिल्मको अडियोहरु बलिवुडका ठुलो म्युजिक कम्पनी ईगल कम्पनीमा रिलिज गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…