प्रदेश सरकार ! बाढीको खतरामा सँचारकर्मीको रिपोर्टिँग बारे सोचिदिनुस् !
संचारकर्मीले यस्तो परिस्थितिमा रिपोर्टिंग गर्दा निश्चय पनि उनको ज्यान नै खतरामा समेत पर्ने गरेको छ ।
२०७७ असार १४ आइतबार, बिहान ९:५१ बजे४ मिनेट पढाइ

प्रदेश २ वाढी,शितलहर,आगलागी लगायतका प्राकृतिक आपदाको समय अत्यधिक प्रभावित हुने जिल्ला र प्रदेश हो । यहा वसोवास गर्ने जनता वर्षेनी माथी उल्लेखित प्राकृतिक आपदाको प्राय हरेक वर्ष नै सामना गरिरहेका हुन्छन । अझै वाढीले महोत्तरीको विकास वर्षौ पछाडी धकेलेको छ ।
महोत्तरीमा गत वर्ष आएको वाढीले ८ जनाको ज्यान नै लिएको थियो भने हजारौ वेघर भएका थिए । सो भन्दा पहिले आएको बाढीमा ९ जनाले ज्यान गुमाएका थिए । विभिन्न प्राकृतिक आपदा आउदा उक्त आपदा सम्बन्धि जानकारी,सचेतना र सुचना जनता सामु पुर्याउने अहम जिम्मेवारी संचारकर्मीले वोकेका हुन्छन । आपदा आएको स्थलमै पुगेर रिपोर्टिंग गरि सहि र तथ्य परक समाचार र सुचना जनतासम्म पुर्याएर उक्त आपदाबाट हुन सक्ने क्षति कम गर्न संचारकर्मीको भुमिका प्रसंसनिय हुन्छ ।
तर संचारकर्मीले उक्त सुचना र समाचार संकलन र प्रकाशन गर्न उठाउनु परेको जोखिम वारे हालसम्म कुनै सरोकारवाला निकायको तर्फबाट संचारकर्मीको मनोवल बढाउन तथा त्यसता जोखिमको समय सुरक्षित रहि समाचार संकलन वा सम्प्रेसन गर्न दिन सकिने तालिम वा सुरक्षा सामग्री वारे हालसम्म चर्चा समेत भएको सुनिएन ।
गत वर्ष यस्तै प्राकृतिक आपदा वाढीलाई नजिकवाट नियालेका र स्थलगत रिपोर्टिंग गरि क्षति कम गर्न र पिडामा परेका जनताको उद्धारमा सकृय भुमिका निर्वाह गरेका महोत्तरी कार्यक्षेत्र रहि काम गरिरहेका संचारकर्मी हरुको पीडा, दुःख र समस्याबारे पनि सरोकारबाला गम्भिर हुनु जरुरी छ ।
संचारकर्मी विभिन्न मौसम,परिस्थिति र जोखिमको अवस्थामा विभिन्न स्थलमा पुगेर रिपोर्टिंग गरेको देख्नु वा सुन्नु भएको होला । संचारकर्मीको त्यो जिम्मेवारी र कर्तव्य भएकोले जस्तो सुकै परिस्थितिमा उसले त्यति गर्नै पर्ने हुन्छ । विभिन्न विपतको वेला जस्तै वर्षायाम,वाढी,भुस्खलन,आगलागी,पहिरो,डढेलो तथा अन्य जोखिमपुर्ण अवस्थामा महोत्तरीका संचारकर्मीहरु समेत उद्धार टोलीसंगै वा अघिपछि सम्बन्धित स्थलमै पुगेर रिपोर्टिंग विगत देखि नै गर्दै आएका हुन ।
संचारकर्मीले आफ्नो जिम्मेवारी निभाउदै गर्दा कतिपय समय यस्ता प्राकृतिक प्रकोपको समय उनीहरु नै असुरक्षित समेत हुने गरेका छन । संचारकर्मीले यस्तो परिस्थितिमा रिपोर्टिंग गर्दा निश्चय पनि उनको ज्यान नै खतरामा समेत पर्ने गरेको छ ।
कुन परिस्थितिमा कसरी आफु सुरक्षित रहि रिपोर्टिंग गर्ने भन्ने प्रसस्त ज्ञानको अभाव तथा उक्त परिस्थितिमा हुनु पर्ने आवश्यक सुरक्षाका साधन स्रोतको अभाव महोत्तरीका संचारकर्मीहरुसंग समेत रहेकै मेरो व्यक्तिगत बुझाई छ । महोत्तरीमै संचारकर्मीहरुलाइ जोखिमपुर्ण अवस्थामा कसरी रिपोर्टिंग गर्ने भन्ने विषयमै थप तालिमहरुको आवश्यक्ता देखिएकै हो ।
गत वर्ष नै रिपोर्टिंगको क्रममा हामी केहि संचारकर्मी झण्डै वाढीमा वग्ने परिस्थिति समेत आएकोमा जसोतसो हामी जोगिएका थियौ । तर त्यस्तो जोखिम मोलेर गरेको रिपोर्टिंगले सो भेगका जनताले केहि भएपनि राहत पाएको थियो र उनीहरुको समस्या वारे सरोकारवालाहरुलाई जानकारी भएको थियो । हामीलाई आफ्नो यस्तो परिस्थितिमा समेत गरिएको पत्रकारिता प्रति छाती फुलाउने अवस्था भएपनि साधन स्रोतको अभाव र आवश्यक ज्ञानको अभावमा पटक पटक त्यसतै गरि रिपोर्टिंग गर्नु मुर्खता समेत रहेको म स्विकार्न समेत पछि पर्र्दिन ।
महोत्तरीमा नेपाल रेडक्रस सोसाईटी,रतौली युवा क्लव,विपद व्यवस्थापन समिति लगायतका विभिन्न अन्य सरोकारवाला संस्था,निकायहरुले वाढी लगायतका विपदको वेला कार्य गर्दै आएको छ भने स्थानिय,प्रदेश र केन्द्र सरकारले समेत हरेक वर्ष वाढी लगायतका विभिन्न प्राकृतिक आपदाको समय लाखौ,करोडौ रुपया समेत खर्चने गरेको सवैमा जानकारी भएको कुरा हो ।
मुलरुपमा भन्नु पर्दा संचारकर्मी,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,संघसंस्था,निकाय,तिनै तहको सरकार लगायतका सरोकारवालाहरु एउटै उदेश्यको लागि काम गरिरहदा महोत्तरीमै संचारकर्मी हरेक आपदाको वेला अत्यधिक असुरक्षित महसुस गर्ने गरेका छन ।
संचारकर्मीहरुको लागि आवश्यक जोखिम न्युनिकरणको लागि तालिम,जोखिम पुर्ण अवस्थामा हुनु पर्ने आवश्यक सुरक्षासामग्रीको अभाव कै विषयमा हालसम्म विपद व्यवस्थापन समिति वा अन्य कुनै निकाय वा संचारकर्मी काम गर्ने आफ्नै मिडिया हाउसबाटै समेत चर्चा नसुनिनु दुखद हो । सानो व्यानरको मिडिया हाउसले नसकेपनि ठुलो व्यानरको मिडिया हाउसले वा स्थानिय निकाय,प्रदेश सरकार वा केन्द्र सरकार वा अन्य कहि कतैबाट पहल भएको देखिएन ।
कोभिड १९ कै जोखिमका विच काम गरिरहेका संचारकर्मीहरुलाई केहि व्यक्ति र संस्थाले थोरै मास्क र सेनिटाईजर सहयोग गरे पनि फिल्डमा खपत हुने उक्त सामग्री न्युन थियो । यस्मै समेत कतिपय संचारकर्मीले त त्यै थोरै सामग्रीको मुख समेत हेर्न पाएनन । एक व्यक्तिले आफ्नो निजि खर्चमा ४८ जना संचारकर्मीको बिमा गराईदिए तर सम्बन्धित मिडिया हाउस वा तिनै तहको सरकारको आँखा पुगेन । संचारकर्मीले पाउने पारिश्रमिकले हातमुख जोर्न समेत धौ धौ पर्ने अवस्थामा आफ्नै खर्चमा सवै सामग्रीको जोहो गर्न सक्नु सपनामा मात्र सकिने कुरा समेत सवैले बुझेकै विषय छ ।
अतः वर्तमानमा कोभिड १९ र सम्भावित आउन सक्ने वाढी तथा वर्षायामलाई गम्भिरता पुर्वक लिदै तिनै तहको सरकार,सम्बन्धित मिडिया हाउसहरु,विपद व्यवस्थापन समिति,रेडक्रस लगायतका सरोकारवाला निकायहरुले महोत्तरीमा वा प्रदेश दुईमा कार्यरत वा देशमै यस्तो जोखिमपुर्ण अवस्थामा काम गर्ने संचारकर्मीहरुको लागि सोचिदिन आग्रह गर्दछु ।
रञ्जन भण्डारी, संचारकर्मी
महोत्तरी
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रञ्जन भण्डारी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…