रौतहटको दुई पालिकामा देखा परे 'सलह किरा' को बधान
किसानहरु आ आफना बालीलाई सुरक्षीत राख्न घरेलु उपायहरु अपनाउनु पर्ने आग्रह गरे ।

२०७७ असार १३ शनिबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको उत्तरी भेगमा लाखौंको संख्यामा रहेको सलह किराको बथान देखा परेको छ ।
जिल्लाको उत्तरी भेग चुरे डाडामा अवस्थित रहेका बस्तीमा शनिवार विहानै कृषिबालीको दुष्मनको नामबाट प्रख्यात रहेका सलख किरा देखापरेपछि किसानहरु निकै चिन्तीत भएको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिकाको उत्तरी सिमा मकवानपुरको बकैया—१ महादेव डाडा हुदै चन्द्रपुर—३ अन्र्तगत भोलुम्टार, इपिल, अरुणबस्ति, लमाह हुदै गुजरा—२ कटानी बजार सम्म बिहानै आकाशमा सो किराको समुह देखा परेका पछि किसानहरुलाई चिन्ता बढाउनु स्वभाविकै रहेको छ ।
बकैया—१ को महादेवमा लाखौको संख्यामा अकाशमा उत्तरी क्षेत्रबाट प्रबेश गरेको र हजारौको संख्यामा सो किरा मकै बालीमा बसेकोले मकै सखाप पार्न सक्ने भन्दै स्थानिय आशिष तामाङले चिन्ता ब्यक्त गरे ।
पहिला त बधानमा बाक्लो भएर अकाश ढाँकेर उडेको देखेको तर अनगिनत संख्यामा मकै बालीमा बसेपछि हेर्दा सलह किरा भएको सबै मकै सखाप पार्ने त्रास बढेको महादेव डाडाका कान्छी माया तामाङले बताइन ।
सलह किरा आजै बिहान बाराको निजगढ–७ मा पनि बाक्लो देखिएको स्थानियले बताए । त्यसै गरी रौतहटको गुजरा—२ कटानी बजार क्षेत्रमा पनि सलह किरा देखिएको गुजराका स्थानिय राजु बल तामाङले जानकारी दिए ।
अरुणबस्ती, महादेव डाडामा देखिएको सलह किरालाई धपाउन स्थानीय किसानहरु थाल बजाएर भगाउने प्रयासमा जुटेको स्थानीयहरुले बताए ।
जिल्ला कृषि ज्ञान केन्द्र गौरका प्रमुख जितेन्द्र झाले विहान रौतहटको दुई वटा स्थानीय तहमा सलह किरा देखा परेको छ । सलह किराको बधान जहाँ जुन बालीमा बस्छ त्यसलाई सखाप बनाएर अन्यत्र बथान सहित जाने गरेको हुँदा अहिले यस कार्यालयबाट त्यस तर्फ प्राविधिक टोली खटाइ सकेको बताए ।
किसानहरु आ आफना बालीलाई सुरक्षीत राख्न घरेलु उपायहरु अपनाउनु पर्ने आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…