प्रदेश २ः गाउँपालिका अध्यक्ष र अधिकृतबीच कुटाकुट
शुक्रबार दिनभरि नै गाउँपालिकाको कार्यालय अवरुद्ध भएको थियो । विवाद अहिले पनि साम्य भएको छैन ।

२०७७ असार १३ शनिबार, दिउँसो ४:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्ला स्थित रहेको बरियारपट्टि गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कुटाकुट भएको छ ।
शुक्रबार गाउँपालिका प्रमुख सँतोष कुमार महतो र प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँहबीच कुटाकुट भएको हो । शुक्रबार कार्यालयको समय बितेपछि केही जनाले अधिकृतको कक्षमा गएर बलपूर्वक काम गरिदिन भनेपछि हो हल्ला भएको थियो । सोही विवाद मिलाउनको लागि जाँदा अध्यक्ष र अधिकृतबीच कुटाकुट भएको बताईएको छ ।
यता, जानकारी अनुसार, मेयरले आफ्ना मान्छेको भुक्तानी गरिदिन भनेको तथा अधिकृतसँग हिसाबकिताब नमिलेपछि तनाव भएको बताईएको छ ।
अधिकृत सिँहका अनुसार आफूलाई थाहा नै नदिई सिरहाको गोलबजारमा रहेको भाडाको कोठामा कार्यालय सँचालन गर्न थालेपछि मुख्य कार्यालयको सेवा अवरुद्ध भएको बताएका छन् ।
अध्यक्षकै सहमतिमा कार्यालयको कामकाजहरु, भुक्तानीहरु सबै गोलबजारबाटै दिने निर्णय अनुसार कार्य सँचालन भइरहेको बेला अध्यक्ष महतोले अपशब्द प्रयोग गरेपछि कुटाकुट भएको बुझिएको छ ।
केही अपरिचित व्यक्तिहरुले चेक काटन तथा अन्य कामहरुको लागि अधिकृत सिँहलाई दबाब दिएको बुझिएको छ । अधिकृत सिँहका अनुसार शुक्रबार मौसम खराब भएको र गोलबजारमै कार्य सुरु गरेपनि ढिलो भएको भन्दै आईतबार काम गरिदिने भनेपछि उनीहरुले जबरदस्ती आजै काम गर्नुपर्ने भनेपछि विवाद चुलिएको थियो । ती मान्छेहरु अध्यक्ष पक्षको मान्छेहरु रहेको बुझिएको छ ।
शुक्रबार दिनभरि नै गाउँपालिकाको कार्यालय अवरुद्ध भएको थियो । विवाद अहिले पनि साम्य भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…