हंसपुर नगरपालिकाको ९० करोड बढी
रेडियो धनुष ९९.७ मेगाहर्ज बाट सम्पुर्ण नगरवासीमा सार्वजानिक रुपमा प्रस्तुत गरिएको थियो |

२०७७ असार ११ बिहीबार, बिहान ११:३४ बजे१ मिनेट पढाइ

न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले ९० करोड बढीको बजेट विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ९० करोड १६ लाख ७४ हजार ४ सय ६० रुपैयाँको बजेट विनियोजन गरेको हो ।
मंगलबारदेखि सुरु भएको नगरसभामा ९० करोड १६ लाख ७४ हजार ४ सय ६० रुपैयाँ को प्रस्ताव पेश गरिएको हो । जसमा पुजिगत तर्फ ६८ प्रतिशत र चालु तर्फ ३२ प्रतिशत बजेट विनियोजन गरिएको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश यादवले जानकारी दिए ।
कृषि, शिक्षा, स्वास्थ्य र कोरोना लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगरप्रमुख रामज्ञान मंडलले बताए ।
बजेट विनियोजन गरिएको नगरसभामा नगर उपप्रमुख रेनु झा मिनाले सार्वजानिक गरिएको थियो । रेडियो धनुष ९९.७ मेगाहर्ज बाट सम्पुर्ण नगरवासीमा सार्वजानिक रुपमा प्रस्तुत गरिएको थियो |
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…