बिहारमा 'सलमान खान' को सबै पोष्टर च्यातिए !
बलिवुड डायरेक्टर अभिनेताहरुले उनलाई बिहार राज्यकै भएको कारण वेवास्ता सहित अपमान गर्दै आएको थियो ।

२०७७ असार ११ बिहीबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारत विहारको होनहार र कुशल अभिनेता मानिएको सुशान्त सिँह राजपुत (हत्या वा आत्महत्या पुष्टि हुन नसकेको) प्रकरणमा बलिवुड विरुद्ध भीड उग्र भएको छ ।
विहार राज्यको भएकै कारण बलिवुडमा उनलाई वेवास्ता गरेपछि डिप्रेशनमा उनले आत्महत्या गरेको समाचारपछि विहारमा सलमान खानलाई बायकट गर्ने निधो गरिएको छ ।
सो क्रममा विहारको विभिन्न ठाउँमा बलिवुड अभिनेता सलमान खान विरुद्ध मुर्दावादको नारा लगाइएको छ भने विभिन्न ठाउँमा रहेको उनको पोष्टर समेत च्यातिएको छ ।
विहारको राजधानी पटना सहित विभिन्न ठाउँमा लगाइएको सलमान खानको विज्ञापनको पोष्टर, फिल्मको पोष्टर सहित ह्युमन बिइँगको समेत सबै पोष्टरहरु हटाइएको छ ।
सुशान्त सिँह राजपूतको प्रकरणमा सलमान खान दोषी भएको भन्दै उनीहरुले सलमान खानलाई बायकट्ट गर्ने निधो गरेका छन् । अहिले सोही प्रकरणमा बलिवुडका चिरपरिचित डायरेक्टर करण जोहर र प्रोडुसर मुकेश भट्ट विरुद्ध आन्दोलन चर्किएको हो ।
सुशान्त सिँह राजपुत विहार राज्यका एक कुशल र चर्चित अभिनेता थिए । जातीवाद र नातावाद, कृपावादबाट नभई आफ्नो बलबुता र टयालेन्टमा बलिवुडमा धेरै फिल्महरु हिट नै दिएका छन् ।
सलमान खान सहित केही बलिवुड डायरेक्टर अभिनेताहरुले उनलाई बिहार राज्यकै भएको कारण वेवास्ता सहित अपमान गर्दै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…