न्यूज ब्यूरो टिम उपर हमला प्रयास गर्नेहरु शिघ्र पक्राउ पर्छ : गृहमन्त्री यादव
ईन्सपेक्टर तीर्थ कार्कीलाई सो घटनामा सँलग्नलाई तुरुन्त पक्राउ गर्न आदेश समेत दिएका छन् ।

२०७७ असार ११ बिहीबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले अवैद्य उत्खननमा सँलग्नहरु शिघ्र कानुनको दायरामा हुने बताएका छन् ।
उनले गत सोमबार न्यूज ब्यूरोका पत्रकार मुकेश ठाकुर उपर गरिएको हमला प्रयासको भत्सर्ना गर्दै सो कार्यमा सँलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।
धनुषाको चारनाथ खोलामा अवैद्य रुपमा उत्खनन गरिरहेको ओम सत्य साई कन्ट्रक्सनको ट्रिपर र डोजरहरुको भिडियो खिच्न चारनाथ पुगेका पत्रकार ठाकुर सहित टिम उपर हमलाको प्रयास गरिएको थियो ।
सो उत्खननको क्रममा ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक तीर्थ कार्कीको समेत सँलग्नता रहेको पत्रकार ठाकुरले आशंका गरेका छन् । उनले प्रहरीलाई खवर गर्दा पनि आफूहरुको जीउ ज्यानको सुरक्षा भन्दा पनि उत्खनन स्थलमा गएर गाडी पार्क गरेपछि शंका उब्जेको बताएका छन् ।
सोही क्रममा बुधबार प्रदेश नं. २ का डिआईजी सहित कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई जीउ ज्यानको सुरक्षासहित अवैद्य उत्खनन र हमला प्रयासमा सँलग्न व्यक्तिहरु उपर कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
सो क्रममा कानुनमन्त्री यादवले पत्रकार उपर भएको हमला प्रयासको घटना दुःखद रहेको बताउँदै उनीहरुलाई कारवाहीमा कुनै पनि कसर बाँकी नछाडने प्रतिवद्धता जाहेर गरेका छन् ।
प्रदेश नं. २ का डिआईजी धीरज प्रताप सिँहले ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी ईन्सपेक्टर तीर्थ कार्कीलाई सो घटनामा सँलग्नलाई तुरुन्त पक्राउ गर्न आदेश समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…