धनुषाधाम नगरपालिकाको बजेट ५० करोड बढी
बजेट विनियोजन गरिएको नगरसभामा नगर उपप्रमुख बिधादेवि भुजेलले सार्वजानिक गरिएको थियो ।

२०७७ असार १० बुधबार, राति १०:५३ बजे१ मिनेट पढाइ

न्युज ब्युरो ,जनकपुरधाम । धनुषाधाम नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ५० करोड ६० लाख ७२ हजार ३ सय को बजेट विनियोजन गरेको छ ।
मंगलबारदेखि सुरु भएको नगरसभामा ४८ करोड १७ लाख ७८ हजार ३ सय रुपैयाँको प्रस्ताव पेश गरिएको हो । जसमा पुँजिगत तर्फ २२ करोड ४१ लाख १० हजार र चालु तर्फ २८ करोड १९ लाख ६२ हजार ३ सय बजेट विनियोजन गरिएको धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्किले जानकारी दिए ।
कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगरप्रमुख बालेशवर मंडलले बताए ।
बजेट विनियोजन गरिएको नगरसभामा नगर उपप्रमुख बिधादेवि भुजेलले सार्वजानिक गरिएको थियो । रेडियो धनुष ९९.७ मेगाहर्ज बाट सम्पुर्ण नगरवासीमा सार्वजानिक रुपमा प्रस्तुत गरिएको थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…