अवैद्य औषधी सहित २ जना पक्राउ !
कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको छ ।

२०७७ असार १० बुधबार, दिउँसो ४:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगँजबाट अबैद्य औषधी सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. २ ईदगाहचोक स्थितबाट अबैद्य औषधी सहित दुई जनालाई पक्राउ गरेको हो ।
भारतको रक्सौलतर्फ बाट बीरगंज तर्फ आउदै गरेको ना.५० प १२३४ नम्बरको मोटरसाईकल–१ कार्टुन अन्दाजी मुल्य रु. ४ लाख ५१ हजार ६ सय रुपैयाँ बराबरको अवैध औषधी सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा गाडी चालक जिल्ला धादिङ नौबिसे घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका–१६ मा डेरा गरी बस्ने चन्क बहादुर क्षेत्रीको छोरा वर्ष २८ को कमल क्षेत्री र सोही मोटरसाईकलको पछाडी सवार जिल्ला बाजुरा स्वामी कार्तिक गाउँपालिका–९ घर भई हाल जिल्ला पर्सा बीरगंज महानगरपालिका– १६ मा डेरा गरी बस्ने रुप नाथको छोरा वर्ष ३२ को महेन्द्र नाथ रहेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी औषधी व्यवस्था बिभाग कार्यालय, बीरगंजमा बुझाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…