दलित भएकै कारण उपचार पाएनन, जीवनजल बिना सदाको छटपटाएर मृत्यू !
यो मृत्यू नभई दलित भएकै कारण जातिय आधारमा क्वारेन्टाइन प्रशासनले विभेद गरी हत्या गरेको बताए।

२०७७ असार १० बुधबार, बिहान १०:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक क्वारेन्टाइनमा जीवनजलको अभावमा एक किशोरको मृत्यू भएको छ ।
क्वारेन्टाईनमा स्थानिय प्रशासनको चरम लापरवाहीका कारण एक दलित मुसहर किशोरलाई ज्यान गुमाउनु परेको हो । उनले जीवनजल नपाएर मरेको बताइन्छ ।
धनुषा जिल्लाको हंसपुर नगरपालिका वडा नं. ७ प्रसाही निवासी १५ बर्षिय किशोर राजु सदा आर्थिक स्थिति निकै नै कमजोर भएपछि भारतको लदाखमा मजुदुरी गर्न पुगेका थिए तर कोरोना भाईरसको विश्वव्यापी महामारीका कारण भारतमा लक डाउन गरेपछि भारतमै अलपत्र परेका थिए।
भारतमा रोजगारी गुमेर दैनिक पेटभरी खान पाउन थालेपछि राजु सदा स्वदेश फर्कन निर्णयमा पुगे। ज्येष्ठ ३ गते राजु सदा छिमेकी भाई अरुणसंगै ८ दिन लगाएर नेपाल भारत सिमानामा पुगे। बाटोमा खाना र पानी नपाएर भोक भोकै हिडेर सदाको झाडापखालाको साथै स्वास्थ स्थिति एक दमै नाजुक भईसकेको थियो।
जसोतसो गरेर नेपालको सिमानामा पुगेपछि कोरोना भाईरसको सक्रमण हुन सक्ने भन्दै आफन्तलाई भेटन नै नदिई स्थानिय क्वाइन्टाइनमा राखियो।
भारतबाट आएका कारण कोरोना भाईरसको सक्रमण हुन सक्ने भन्दै तथा गरिब दलित भएकै कारण स्थानिय प्रशासनले दलित यूवकको उपचारमा चरम लापवाही गरियो। उनको उपचार नै नगरी पिसिआर रिर्पोट आउनमा ढिलो भएको भन्दै १७ दिन क्वारेन्टाइनमा राखिदिएको बताइन्छ ।
झडापखालाका कारण शरिर कमजोर भएर स्थिति एकदमै बिग्रीएपछि टिपरमा राखेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएपनि धेरै बेर साँस लिन सकेनन् ।
सदा प्रादेशिक अस्पतालमा रहेको आईसोलनमा पिडाले छटपटाइ रहे तर अस्पतालको गेटमा एक मात्र छोराको वियोगमा आमा छटपटाइ रहयो र प्रशासनले छोरासंग आमालाई भेटन समेत दिइएन। न छोराको उपचारका लागि आफन्तको जिम्मा नै लगाइयो।
रिर्पोट नेगेटिभ भएको बावजुद पनि १३ दिनसम्म आइसोलेसनमा छटपटाएर अन्तिम अवस्थामा आइपुग्दा सोमवार विहान १२ बजे ईमरजेन्सीमा भर्ना गरिएको थियो।
अवस्थामा एकदमै नाजुक भएकोे यूवक गरिब दलित भएकै कारण अस्पताल प्रशासनले आइसियूमा ठाउँको अभाव देखाउदै इमरजेन्सीमा राखेको थियो ।
सदाको उपचारको अभावमा मृत्यू भएको स्थानीयवासीहरुले बताएका छन् । छोराको मृत्यूसँगै उनकी आमा पनि क्षण क्षणमा बेहोस हुने गरेकी छन् ।
दलित यूवकको मृत्यूमा स्थानिय प्रशासनको चरम लापरवाही भएको भन्दै दलित अधिकारकर्मीहरु घोर भत्र्सना गरेको छ। दलित यूवकलाई समयमै आइसियूमा राखेर उपचार गरेको भए ज्यान बचाउन सकिन्थ्यो मानव अधिकारकर्मी पच्पु माझी मुसहरले बताए।
यो मृत्यू नभई दलित भएकै कारण जातिय आधारमा क्वारेन्टाइन प्रशासनले विभेद गरी हत्या गरेको बताए।
दलित अधिकार क्षेत्रमा कार्यरत विभिन्न गैरसहकारी तथा सरकारी संस्थाको साथै दलित अधिकारकर्मीहरु दलित यूवाको हत्या बारे सत्यतथ्य छानविन गरी दोषीलाई काुनुन अनुसारको हदैसम्मको कार्यवाहीको माग गरेका छन।
दोषीलाई सरकारले कडा भन्दा कडा कार्वाही गरिएन भने देशमा ठूलो आन्दोलन गरिने चेतावनी दिएका छन। आज दलित यूवाको हत्याको विरोधमा प्रदेश नं. २ का सबै जिल्लामा आन्दोलन गर्नुको साथै प्रादेशिक अस्पतालमा कडा आन्दोलन गरिने योजना रहेको दलित अधिकारकर्मी राजेश पासवान ले बताए।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…