प्रहरी असई 'झा' महिलासँग चौरमै आपत्तिजनक अवस्थामा पक्राउ !
जिल्लाको टोलि पठाइ महिला र इन्चार्ज झालाइ नियन्त्रणमा लिन टोलि पठाएका थिए ।

२०७७ असार १० बुधबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको एक प्रहरी चौकी इन्चार्ज स्थानीय एक महिलासँग आपतिजनक अवस्थामा पक्राउ परेका छन् ।
रौतहटको बसतपुर चौकीका इन्चार्ज असइ सन्जिप झा मंगलबार (गएराती) अबेर राती एक महिला सँग आपतिजनक अवस्थामा भेटीएपछि गाउँले नियन्त्रणमा लिएको थियो ।
इन्चार्ज झालाई स्थानीय एक महिला सँग अबेर राती करिब १ बजेको समयमा स्थानीय चौरमा आपतिजनक अवस्थामा देखेपछि गाउँलेले नियन्त्रणमा लिइ स्थानीय सामुदायिक भवनमा घेरेर राखेका थिए ।
तर, एका बिहानै निजलाई जिल्ला प्रहरी कार्यालय रौतहट गौरको जिम्मा लगाएको स्थानीयले बताएका छन।
जनता र देशको सुरक्षाको जिम्मा लिएको निकायको पदाधिकारीलाई यस्तो आपतिजनक अवस्थामा भेटिएको र गाउँले नियन्त्रणमा लिएको हल्ला र जानकारी लगतै जिल्ला प्रहरी उपरिक्षक रबि राज खडकाले जिल्लाको टोलि पठाइ महिला र इन्चार्ज झालाइ नियन्त्रणमा लिन टोलि पठाएका थिए ।
“यस घटना बारे गम्भीर तरिकाले अनुसन्धान गर्न सुरु गरेका छौ ,सबै कुरा बुझेर इन्चार्ज झालाइ कारबाहि गर्छौ यसमा केही दायाँबायाँ हुन्न ,राती के कारणले र किन महिला सँग भेटियो महिला र असइ र स्थानीय सबै सँग सोधपुछ जारी रहेको छ ।–” एसपी खडकाले बताए ।
पहिला देखि नै केही विषयलाई लिएर इन्चार्ज झासँग स्थानीय अन्य महिला सँग पनि मनमुटाब रहेको कुरा समेत खुलेको उपरिक्षक खडकाले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…