जनकपुरः युवकलाई ठक्कर दिएपछि स्थानीयहरुद्धारा ट्रिपरमा आगजनी !
उनलाई चालकले ट्रिपर ब्याक गरी कुल्चिन खोजेको थियो ।

२०७७ असार ७ आइतबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तीव्र गतिमा आइरहेको ट्रिपरले एक युवकलाई ठक्कर दिएपछि ट्रिपरमा आगजनी गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ मुलाबारी स्थित स्थानीय एक युवकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयहरुले ट्रिपरमा आगो लगाईदिएको छ ।
मुलाबारी यज्ञेशवर मन्दिर नजिक दिपनारयाण साहको छोरा वर्ष ३९ को दिनेश साह पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्न गईरहेको बेला ना ८ ख ८३९३ नम्बरको ट्रिपरले ठक्कर दिएको स्थानीयहरुले बताएका छन् ।
मिथिला नगरपालिका वडा नं. ४ वडा घर भएका टिफर साहु सत्यनारायण महतो रहेका छन् भने चालक ट्रिपरको साँचो लिएर समेत फरार भएका छन् ।
धनुषाधामबाट भिमान मुलाबारी तर्फ जाँदै गरेको टिफर पछाडिबाट साहलाई ठक्कर दिएर गम्भिर घाईते बनाएपछि स्थानीयहरुले आगजनी गरेका हुन् ।
आगजनी गरेपछि धनुषाधाम नगरपालिकाको बारुण यन्त्रद्धारा आगो नियन्त्रणमा लिइएपनि त्यतिबेलासम्म ट्रिपर अधिकांश भन्दा बढी जलिसकेको हो ।
वडा ८ का अध्यक्ष बिनोद दिप लामा अनुसार चालकले ठक्कर दिएपछि घाईतेलाई पुनः दोहरयाएर कुल्चिएर घाईते बनाएको हो ।
घाईते उपचारका लागि प्रदेशिक अस्पताल जनकपुरधाम ल्याइएको हो । उनको अवस्था नाजुक भएको भन्दै थप उपचारको लागि काठमान्डौं पठाउने तयारी भईरहेको जनाइएको छ ।
घाईते साहको टाउको आँखामा गम्भिर चोट सहित ढाड ,छाति र पियूठको हड्डी समेत भाँचिएको जनाइएको छ । उनलाई चालकले ट्रिपर ब्याक गरी कुल्चिन खोजेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…