नेकपा नेता साहमाथी हमला, एक्सनमा प्रभू !
तर प्रहरीले अहिलेसम्म उक्त घटनामा कुनै एक्सन लिएको देखिदैन ।

२०७७ असार ६ शनिबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा नेतामाथि सांघातिक आक्रमण भएको छ ।
नेकपाका रौतहट जिल्ला कमिटी सदस्य रहेका गरुडा निवासी विजय साहमाथि शुक्रवार राति ज्यान मार्ने उद्देश्यले सुनियोजित रुपमा आक्रमण भएको बताइएको छ ।
नेता विजय साह जनयुद्धको शाहिद चुनचुन साहको भाई हुन । उनी महमदपुरबाट घर आऊदै गर्दा हमला भएको थियो । उक्त घटनामा उनी गम्भीर घाइते भएका हुन् ।
पछिल्लो समय रौतहटसहित प्रदेश नम्बर २ का नेकपा नेताहरुमाथि सांघातिक आक्रमण बढेको भन्दै अध्यक्ष साहले गृह प्रशासनको लापरबाहीप्रति आपत्ति जनाएका छन् ।
घटनामाथि छानबिन गर्नमा गैरजिम्मेवार भएको भन्दै गृहमन्त्री थापाप्रति पनि उनी आक्रोशित बनेका हुन् । नेता प्रभू साहले आफ्ना नेता कार्यकर्ता उपर चरणबद्ध रुपमा हमला भएको भन्दै प्रशासनलाई ध्यानाकर्षण गराएका हुन् ।
यस अघि नेकपा जिल्ला सदस्य तथा गरुडा नगर कमिटी सचिव रामबाबु चौधरीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण हुनुको साथै उनले संचालन गरेको इट्टा उद्योगमा तोडफोड समेत गरिएको थियो ।
तर प्रहरीले अहिलेसम्म उक्त घटनामा कुनै एक्सन लिएको देखिदैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…