प्रदेश २ः घरधनीहरुले आधी भाडा मात्र लिने घोषणा, व्यावसायीहरुलाई ठुलो राहत
एक अर्कालाई सहयोग गरेर अगाडी बढ्नु पर्ने उनीहरुले सुझाव दिएका छन् ।

२०७७ असार ६ शनिबार, दिउँसो १२:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ र नेपालकै प्रमुख व्यापारिक केन्द्र मानिएको वीरगँजका घरबेटी (घरपट्टी) हरुले आधी भाडा मात्र लिने घोषणा गरेको छ ।
कोरोना महामारीको कारण तिन महिलाको लकडाउन अवधिमा बढी प्रभावित भएका व्यवसायीहरुलाई वीरगंजको आदर्शनगरका घरधनीले राहत स्वरुप आधी भाडा मात्र लिने घोषणा गरेका छन् ।
वीरगँज आदर्शनगर क्षेत्र भित्रका घरधनीले लकडाउन तिन महिनाको लकडाउनका कारण व्यापार गर्न नसकेका व्यवसायीहरुलाई राहत दिने उद्द्येस्यले आधा भाडा लिने घोषणा गरेका हुन् ।
विगत ३ महिना देखी ठप्प रहेको व्यापार र व्यसाय ठप्प हुँदा घर भाडा, बैंकको ऋणलगयातका विषयलाई लिएर व्यवसायीहरु चिन्तित बनेको बेला घरधनीहरुले मानवता देखाएका छन् ।
यसै अवस्थालाई ध्यानमा राखेर घरधनिहरुले भाडा रकमको आधा मात्र लिने निर्णय लिएका छन् । आदर्शनगरका व्यसायीहरुले आधा भाडा लिने निर्णयका कारण यस क्षेत्रका व्यसायीहरुलाई राहत मिलेको छ ।
आदर्शनगर क्षेत्रका घरधनीहरुले घरभाडा माफ गरि प्रस्तुत गरेको उदारहण वीरगंजका अन्य क्षेत्रका घरधनीले पनि प्रस्तुत गर्न सक्नु पर्ने व्यसायीहरुको भनाई छ ।
कोरोना महामारीले उत्पन्न गरेको अवस्थामा सबैले एक अर्कालाई सहयोग गरेर अगाडी बढ्नु पर्ने उनीहरुले सुझाव दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…