‘इनफ इज इनफʹ
संसदमा बोलेर आमजनताको पिडा र बेदनालाई क्रेधमा परिणत गर्न तुलको भूमिका निर्वाह गर्यो ।
२०७७ असार ५ शुक्रबार, बिहान ११:०९ बजे५ मिनेट पढाइ

अहिले देशव्यापी युवाको नेतृत्वमा नागरिक आन्दोलन विस्फोट भएको छ । काठमाण्डौ, जनकपुर, बुटबल, नेपालगंज जस्ता सहरमा युवहरु स्वस्फुर्त तवरमा सडकमा ओर्लेका छन् । लकडाउनको बाबजुद जसरी जनता सडकमा आउन बाध्य भएका छन् यसको खास अर्थ लाग्दछ ।
युवाहरुले रचनात्मक हिसाबमा यस आन्दोलनलाई अगाडी बढाइ रहेका छन् । युवाले कम्यिुनिस्ट सरकार संग कोरोना महामारीको लडाईमा दश अर्ब कसरी र कहाँ खर्च भयो भनी हिसाब मागिरहेका छन् । शतप्रतिसत पिसीआर नो आरडिटी भनी बुलंदरुपमा मागको रुपमा राखेका छन् र एउटा एकल नारा जसलाई यो आन्दोलनको मुल आकर्षण को रुपमा उठाएका छन् त्यो हो ‘इनफ इज इनफʹ अर्थात अब अति भयो ।
यो नारा अहिलेको केपी शर्मा ओलीको सरकारको अदुरदर्शी र अक्रमण्य व्यवहारलाई समेत दर्साइरहेको छ । अहिलेको युवा आन्दोलनको चर्चागरी राख्दा हामीले के पनि ध्यान दिनुपर्छ भने अहिलेको ओली सरकारले नेपालको राजनितीक नक्शा मा लिपुलेक, लिम्पियाधुरा, कालापानी समेट्दै संघिय संसदबाट पास गराएका छन् । यो विषय राष्ट्रवाद संग जुडको छ । यसले नेपाली जनतामा लाई खुसी तुल्याएको छ । र वर्तमान सरकारको यस्तो एतिहाषिक कदमका बाबजुद समेत जनता सडकमा ओर्लिनु सामान्य विषय हुँदै होइन् । साथै फगत लोकप्रियतावादी भएर सरकार जनसरोकारको विषयबाट पन्छिन मिल्दैन भने सन्देशको प्रवाह पनि अहिलेको आन्दोलनले दिन खोजेको छ ।
देशमा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा र यसको कहरका बाबजुद पनि जनता आफ्नो ज्यानकै प्रवाह नगरी सडकमा आउने बाध्यता किन आएको होला त ? यो एक गम्भिर र महत्वपुर्ण प्रश्नको रुपमा रहेको छ । काठमाण्डौमा खासगरी नागरिक आन्दोलन हुँदा माइतिघरमण्डला र नयाँ बानेश्वरलाई केन्द्र बनाइने गरिन्छ । तर अहिलेको आन्दोलनको ʹसिफ्टिङ्ग’ प्रधानमन्त्रि निवाश बालुवाटार तिर भएको छ । प्रहरीको बलप्रयोगका बाबजुद पनि युवाहरु प्रधानमन्त्रिलाई जवाफदेहिता संग सम्बन्धित प्रश्नहरु तेर्साइरहेका छन् । यो परिस्थितीलाई बुझ्नको लागि कुनै अनुसन्धानको आवश्यकता छैन् । हामीले समान्यतया बालुवाटारको मनोविज्ञानलाई थोरै नियाल्ने हो भने बुझ्न कठिन छैन् ।
पछिल्लो साता प्रधानमन्त्रिलाई संसदमा बिभिन्न खाले प्रश्नहरु गरियो । प्रश्न गर्दैगर्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेशका सांसद गगनकुमार थापाले कोरोना बिरुद्धको लडाईमा दश अर्ब कसरी खर्च भयो भने प्रश्न गरेका थिए ।
थापाको प्रस्तुती वा प्रश्न गराई ‘रेटरिकलʹ हुनेगर्छ आमजनताको मस्तिष्कमा जडा गार्ने किसीम को । उनले प्रधानमन्त्रिलाई प्रश्न गर्दै गर्दा कैयन पटक दोहर्याइ रहे, “हामीलाई हिसाब चाहियो !” त्यसैगरि केही दिन पहिला अत्याधिक बिमार भएका नेपाली जनताको मात्र पिसीआर परिक्षण गर्ने भनी ओली सरकारको निर्णय आएको थियो । साथै अविश्सनिय आरडिटी किटको विश्वसनियता माथि प्रामरम्भिक काल देखि नै प्रश्न खडा हुँदा पनि सरकारले आरडीटी किटको मोह त्यागन सकेन्न् ।
आखिर किन ? जनताको करबाट चल्ने सरकारले यस्तो महामारीको बेला पिसीआर परिक्षण गर्नबाट पन्छिन खोज्नु सरकारको नियतीलाई प्रस्टाउँछ । त्यसैगरि केही अव्यवस्थित क्वारेन्टिन बनाएको सरकारले अस्ति विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टिन बनाउन सकिँदैन भनी संसदमा बोलेर आमजनताको पिडा र बेदनालाई क्रेधमा परिणत गर्न तुलको भूमिका निर्वाह गर्यो ।
प्रधानमन्त्रि चाँही कोरोना जस्तो विश्वमहामारी जसले लाखौ व्यक्तिको ज्यान लिइसकेको छ यस्तो अवस्थामा नेपालीको रोगप्रतिरोधक क्षमता अत्याधिक रहेको कारण नेपाली जनता कोरोना संग डराउनु पर्दैन जस्ता गैरजिम्मेवार अभिव्यक्ति प्रभानमन्त्रिको आउँछ, रोष्टमबाट ।
प्रतिपक्षीले प्रतिप्रश्न गर्छ, प्रधानमन्त्रिजयू, तपाईँलाई कसले भन्यो की नेपाली को रोगप्रतिरोधक क्षमता बढी छ भनेर ? अनि आउँछ प्रमको कुतर्क र अध्यनरहीत जवाफ, अक्रमण्यताको बुई चढेर । जवाफ थियो, मैले भने पछि भैहाल्यो नी ! प्रधानमन्त्रिको यस्तो जवाफ आइराख्दा कोरोनाको कहर माझ बाँच्नु परेको नेपाली जनतामा क्रोध उत्पन्न गराएको हुनुपर्छ तर त्यही सदनमा सत्तापक्षका सांसदहरुले जसरी ताली ठोके र टेबल ठठाए त्यो चिन्ताजनक विषय हो ।
सहीलाई सही र गलतलाई गलत भन्ने आँट नराखेका सत्तापक्षका सांसद पनि प्रम लाई किंकर्तव्यविमूढताको अवस्थामा पुर्याउन उतिकै जिम्मेवार छन् । तर प्रमको जवफ पश्चात नेकपा सांसदले टेबल ठटाउँदा त्योभन्दापनि चर्कोरुपमा देशका युवाले बालुटार क्षेत्रमा सरकारको गैरजिम्मेवारीपना र नैतिकहिनताका बिरुद्ध आफ्ना आवाज बुलंद गर्न पुगे ।
प्रधानमन्त्रिले कोरोना बिरद्धको लडाईमा आफ्नो असफलतालाई ढाकछोप गर्नका लागि बेतुका तर्कहरु समेत प्रस्तुत गरेका थिए । जस्तै, नेपालको पानीको वर्णन गरे । नेपालको पिउने पानी त्यतीकै निर्मल र स्वस्थ्य हो भने प्रम आफैले किन बिदेशी पानी पिउँदो हो ? नेपाल जडीबुटीको देश हो, अनि नेपालमा विदेशी औषधीको सेवन अधिक किन गरिन्छ ? किन नेपालमा एल्लोपेथिक उपचारको आवश्यकताबोध अधिक छ ? नेपाली जनता योगमा विश्वास गर्छन भनी प्रमले भन्दैगर्दा नेपाली अल्छी हुन्छ भनी मान्यताले कसरी नेपाली समुदायमा स्थान पायो त ? प्रधानमन्त्रि भन्नुहुन्छ हामी बिमारीबाट डराउनुको साटो हामीलाई बिमारीले केही गर्न सक्दैन भनी आत्मविश्वास आफुमा बढाउनुपर्छ भन्नु भयो ।
यो सही कुरा हो । प्रम आफै मृगौला बिमारी भएर अहिले सम्म मृत्युलाई आत्मविश्वासको भरमा पराजय गर्दै आउनु भएकोमा संका छैन् । तर आमजनताको मनमा समानान्तर प्रश्न के आउँछ भने प्रमज्यू, तपाइँ राजभोगको स्थानमा नरहेको भए, राज्यको तर्फबाट करोडौ रकम तपाईँको स्वास्थ्यको नाममा खर्च नगरेको भए के तपाईँ भावनात्मक आत्मविश्वासको आधारमा मृगौला बिमारीमाथि विजय हासिल गर्नसक्नुहुन्थ्यो त ? प्रमज्यू, बाँच्ने रहर सबैलाई हुन्छ । आत्मविश्वास पनि आमजनतामा नभएको होईन तर दिनहु मुटु, मृगौला र क्यान्सर जस्ता घातक रोगले आम नेपालीको ज्यान लिइरहेको छ । प्रधानमन्त्रिका यस्ता गैरजिम्मेवार अभिव्यक्तिले नै देशका युवालाई सडकमा ओर्लिन बाध्य गरेको छ ।
प्रधानमन्त्रिज्यू, भारतबिरोधी राष्ट्रवादको जगमा तपाईँ दुईतिहाईको सरकारको मुखियाको रुपमा उभिन सफल हुनुभएको छ । नेपाली मानसिकता भारतबिरोधी हो भनी जगजाहेर छ । यसकै आधारमा तपाईँको दलले पछिल्लो चुनावमा अत्याधिक मत बटुल्न सफल भयो, यो सत्य हो । र तपाईँलाई यदी यो लाग्दो हो की तपाईँको विद्व्ता (जुन की छैन) र दुरदर्शिताको आधारमा नेपाली जनताले एतिहाषिक मत दियो भन्ने यो तपाईँको भ्रम मात्र हुनेछ ।
तसर्थ, भ्रमको कुर्सीमा बसेर राज्य संचालन गर्नु आमजनता संगको धोखा हो । मतादेशले कुनै नेतालाई भ्रममा यात्रा गर्न माहोल त बनाउन सक्छ तर त्यही जनताले त्यस्ता नेतालाई भ्रमबाट मुक्ति समेत दिलाउने आँट राख्दछ । आँट भन्दा पनि आमजनताको कर्तब्य नै त्यही हुनजान्छ । प्रधानमन्त्रिज्यू, कोरोना बिरुद्धको लडाइमा जनताको साथमा उभिनुस किन की तपाईँ र तपाईँका मन्त्रिहरुको व्यवहार र बोलाई हेर्दा यती मात्र भन्न सकिन्छ, ‘इनफ इज इनफʹ ।
रणधीर चौधरी
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…