शम्भु सदा प्रकरण : ३ बुँदे सहमति सहित ४ सदस्यीय छानबिन समिति गठन
इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २८ गते २२ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

२०७७ असार २ मंगलबार, राति ९:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला ईलाका प्रहरी कार्यालयभित्रै झुण्डिएको अवस्थामा स्थानीय शम्भु सदा मृत भेटिएपछि छानबिनको जोडदार माग गरिएको छ ।
शम्भु सदाको न्यायको लागि विभिन्न चरणमा भएको आन्दोलन पश्चात अन्तत प्रशासनले छानबिन समिति गठनको लागि सहमति गरेको छ ।
पीडित परिवारको तर्फको प्रतिनीधि सहित प्रशासन र कानुन व्यावासी सम्मलित ४ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको हो ।
आज (मँगलबार) शम्भू सदाको पोस्टमार्टमपछि धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोषहरी निरौला, डीआइजी र पीडित परिवारबीच तीन बुँदे सहमति भएको हो ।
शम्भु सदाको प्रहरी हिरासतमा मृत्यू बारे छानविन समिति, पीडितलाई राहत र जीउ ज्यानको सुरक्षा सम्बन्धी सहमति भएको हो ।
इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा जेठ २८ गते २२ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…