नेपालमा अनलाईन शिक्षण संकटमा !
पुनः विद्यालयमा फर्काउन शैक्षिक सरोकारवालाहरुलाई चुनौतीको सामना गर्नुपर्दछ।

२०७७ असार १ सोमबार, बेलुकी ५:४७ बजे३ मिनेट पढाइ
कोभिड-१९को कारण लकडाउन भएका छन्। लकडाउनको कारण स्कूल,कलेज र विश्वविद्यालयका पठनपाठनमा समेत अबरोध सिर्जना भएका छन्।
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले संसारका ९९प्रतिशत बालबालिका कोभिड–१९महामारीका कारण आवातजावतमा कडाई गरिएको अवस्थामा बाचिरहेको र ६०प्रतिशत बालबालिका पूर्ण वा आंशिक बन्दाबन्दी (लकडाउन) भएका देशमा रहेको उल्लेख छ।
राष्ट्रिय स्तरमा विद्यालयहरु बन्द गरिनाले संसारका भएका १५ करोड ७० लाखअर्थात ९१ प्रतिशत विद्यार्थीहरुको पढाईमा अवरोध आएको छ। नेपालको सन्दर्भमा विद्यालय तहमा अध्ययनरत ७०लाख बालबालिकाका पठनपाठनमा अवरोध सिर्जना भएका छन्।
यसरी लामोसमयसम्म विद्यालय बन्द रहँदा विद्यार्थीहरुलाई पुनः विद्यालयमा फर्काउन शैक्षिक सरोकारवालाहरुलाई चुनौतीको सामना गर्नुपर्दछ।
कोभिड–१९को कारण पठनपाठनमा सिर्जना भएका अवरोधलाई दृष्टिगत गरी विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिने गरी भर्चुअल कक्षा सञ्चालन, अनलाईन शिक्षण तथा टेलिभिजन र रेडियो मार्फत नयाँ शौक्षिक बर्षको पठनपाठन अघि बढाइनेछ।
अनलाईन शिक्षणको कुरा चलिरहदा यो पनि याद राख्नुपर्दछ कि उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार १३प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच छ। देशभरका सामुदायिक विद्यालयमा कम्प्युटरको पहुँच १२प्रतिशत , १०,००० सामुदायिक विद्यालयमा कम्प्युटरको व्यवस्था र ३५प्रतिशत सामुदायिक विद्यालयमा बिजुलीको पहुँच रहेका छन्।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…