सदन ओलिकै भए पनि सडक हाम्रै हो ..!
समयले बताउला कसले कुन पार्टीले वा कुन समुहले आफ्नो स्वार्थ को लागि स्वस्फूर्त रुपमा उठेका युवालाई भ्रममा पार्ने खोज्यो ? फगत करिब तिन बर्षदेखि दुईतिहाइ बहुमतको सत्ता सम्हाल्दै आएका सम्माननिय प्रधानमन्त्री ज्युले आफु लगायतका नेतृत्वलाई खुल्ला रुपमा भ्रष्टाचार गरेको र गर्न दिएको कुरा आम जनतालाई सर्ववि
२०७७ जेठ ३१ शनिबार, बिहान ११:२५ बजे३ मिनेट पढाइ

समयले बताउला कसले कुन पार्टीले वा कुन समुहले आफ्नो स्वार्थ को लागि स्वस्फूर्त रुपमा उठेका युवालाई भ्रममा पार्ने खोज्यो ?
फगत करिब तिन बर्षदेखि दुईतिहाइ बहुमतको सत्ता सम्हाल्दै आएका सम्माननिय प्रधानमन्त्री ज्युले आफु लगायतका नेतृत्वलाई खुल्ला रुपमा भ्रष्टाचार गरेको र गर्न दिएको कुरा आम जनतालाई सर्वविदितै छ । भ्रष्टाचार म गर्न दिन्न तथा गरेको लाई कार्वाही गर्छु भन्ने प्रधानमन्त्री ज्युले आफ्नै विश्वासको पात्रलाई भ्रष्टाचार पस्चात सेफ लान्डिङ्ग गराएको बारे उदाहरण हामि माझ नै ताजा छ ।
कुरा ७० करोडको मात्र होईन नितिगत भ्रष्टाचार देखि यो सरकारले जनतालाई बारम्बार आफ्नो खोक्रो राष्ट्रवादमा थिचिरहेको छ । निमोठि रहेको छ । केहि दिन अगाडि मात्र पत्रपत्रिका देखि अन्लाईनमा आएका तथ्य तथा विश्लेषण हेर्दा लाग्छ यो सरकारले देशलाई मज्जाले चुसि रहेको छ । जसरि जुगाले शरिरको रगत द्रव्य ध्यानमा एकट्क्क भएर चुस्सिरहेको हुन्छ ।
आज सरकार जुगा भएको छ भने सरकारले आम जनताबाट उठेको कर चुसि रहेको छ । देशका आमजनतालाई खोक्रो राष्ट्रवादमा आफुले तथा आफ्नो सरकारले गरेको भ्रष्टाचार लुकाउन बिभिन्न सड्यन्त्र तथा नयाँ मुद्दामा जनताको ध्यान हटाउन निकै मिहेनत गरेको देखिन्छ ।
जब जब सरकारले आफु माथि प्रलयको संकेतहरु पाउँछ तब तब सरकार आफु चोखिन खोजेको कुरा ओम्नि तथा यति जस्ताका पोल्टामा मस्त सुतेको बेला देखिन्छ । जुन यो माहामारी भन्दा अगाडि पनि देखिदै आएको हो । लोकतन्त्रको जगमा कम्युनिष्ट कमाउनिष्ट भएको कुरा मैले व्याख्या विश्लेषण गरिरहनु पर्छ जस्तो लाग्दैन ।
केवल सरकारको रवैया आमजनताले ठम्याउने कुरा हो । केहि दिन अगाडि मात्र काठमाडौंको वालुवाटारमा एका एक हुल देखियो त्यो हुलमा कुनै पार्टीको झन्डा होईन राष्ट्रिय झन्डा संगै शिक्षित युवा समुहले महामारीको बिच सामाजिक दुरि सहित भद्र भलादमी तवरमा सरकारलाई महामारीबाट जोगिन कडा कदम चलाउन दवाव दिइरहेका थिए ।
त्यो हेर्दा युवा कति धेरै जागृत तथा सम्वेदनशील भएको लाग्यो । त्यो देख्दै गर्दा सरकारले यि युवाहरुलाई सम्बोधन गरेर वर्तमान आवश्यक्तामा कार्य गर्छ जस्तो लाग्थ्यो तर विडम्बना सरकारको माथिल्लो निर्देशनमा त्यो शान्तिपुर्ण आन्दोलनमा पानिको फोहरा संगै उनिहरुलाई उत्श्रिङ्खल बनाउने प्रयास गर्यो जुन असफल भयो ।
त्यसपछि पुर्ण २९ गते भएको खबरदारी आन्दोलनमा अन्य पार्टीका युवाहरु समेत सहभागी रहेका थिए तर सुखद पक्ष युवाहरुको त्यो जमातमा ढुंगा मुढा कतै प्रहार भएन यदपि अहिलेको टेक्नोलोजी प्रयोग गरेर केहिले आन्दोलन भड्काउन खोजेको आम युवाले बुझ्न निकै आवश्यक छ ।
"कोभिड १९ - ईन् अफ इज ईन् अफ" ग्रुपबाट सुरुवात भएको आन्दोलन कुनै पार्टीको नरहेको पनि बुझ्न आवश्यक छ साथै भोलिका दिनमा कसैले श्रेय लिन खोजेमा त्यस्को प्रतिकारमा उठ्न पनि पछि हट्न हुन्न ।
तर मुद्दालाई ओझेलमा पर्ने गतिबिधिहरु यदि कसैले गर्छन भने त्यस्तालाई बहिष्कार गर्न आम जागरुक युवाहरुले अर्थपुर्ण भुमिका निर्वाह गर्नै पर्छ । साथै देशका बिभिन्न ठाउँबाट युवाहरु सडकमा उत्रिएका छन् जसले स्वस्फूर्त रुपमा युवाहरु उठेको छर्लङ्ग पारेको छ ।
आम युवाहरुले बुझ्न के जरुरि छ भने व्यक्तिको सिधान्त फरक हुन सक्छ कसैको विचार फरक पनि हुन सक्छ तर मुद्दामा सबै एकजुट हुनु भनेकै लोकतन्त्रको सुन्दर पक्ष हो ।
जहाँ हरेक व्यक्ति देखि हरेक समुदाय तथा अन्यायमा परेकाको सहभागीतालाई नकार्न मिल्दैन तर के पनि बुझौ भने हामिले यहि व्यवस्था संग लडिरहेका वेला कथाकथित बादमा वा व्यवस्था परिवर्तन चाहिन्छ भन्नेहरुको जमातबाट घुसपैठ देखि समाधान रहन पनि आवश्यक छ ।
दिवाकर उप्रेती, युवा अभियन्ता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…