जनकपुरः वडाध्यक्ष उपर गालीगलौच गरेपछि विवाद, ३ घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सँजीव यादव उपर कुटपिट गरेको आरोप लगाइएको छ । आफूलाई जग्गा नदिएको भन्दै वडाध्यक्ष यादवले तीन दाजुभाईलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको छ । विहिबार ईलाका प्रहरी कार्यालय ढल्केवरमा पीडितहरुले उजुरी दिएको छ । महोत्तरीको गौशाल

२०७७ जेठ ३० शुक्रबार, बेलुकी ७:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सँजीव यादव उपर कुटपिट गरेको आरोप लगाइएको छ ।
आफूलाई जग्गा नदिएको भन्दै वडाध्यक्ष यादवले तीन दाजुभाईलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको छ । विहिबार ईलाका प्रहरी कार्यालय ढल्केवरमा पीडितहरुले उजुरी दिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. १२ बस्ने दिपलाल महतो ३ जना दाजुभाइलाई वडाअध्यक्ष यादवले मरनोमसान्न हुने गरी कुटपिट गरेको आरोप लगाइएको छ ।
पीडित महतो दाजुभाईले दिएको उजुरीमा दिपलाल सहित उनका भाई उतिमलाल महतो र सुरज नारायण महतो समेतलाई निर्घात कुटपिट गरेको हो ।
वडाध्यक्ष सँजीव यादव सहित उनका निकट, आसेपासे र सोही ठाउँ बस्ने प्रदिप यादव, मुसिलिम राइन र जित चौधरी कलबारले मिलेर कुटपिट गरेको भनेर उजुरीमा उल्लेख छ ।
वडा अध्यक्ष यादवले योजना मुताबिक संगठित भइ ज्यान मार्ने उद्देश्यले लाठी भालासहित घरेलु हतियारले आक्रमण गरेको र उनीहरुले भाइ उतिमलाल महतो र सुरज नारायण महतो समेतलाई टाउको, निधार लगायत सम्वेदनशील अङ्गहरुमा प्रहार गरी बेहोस पारिदिएको कुरा उजुरीमा जनाइएको छ ।
वडाध्यक्ष यादवको घरसँगै टाँसिएको महोत्तरी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार बस्ने सुमित्रा देवीको नाममा रहेको जग्गामा वडा अध्यक्ष यादवले बिना अनुमति मन्दिर बनाई रहेको अवस्थामा रोकथाम गर्न जाँदा कुटपिट गरेको बताइएको छ ।
कुटपिटबाट गम्भिर घाईते भएका तीनै दाजुभाईको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्नेहरु फरार रहेको पनि जनाइएको छ ।
यता, वडाध्यक्ष यादवले आफू सहित स्थानीय भद्रभलादमी बुद्धिजीवी तथा महालक्ष्मी मन्दिर निर्माण समितिका पदाधिकारीहरु समेतको बैठक जारी रहँदा तीनै जना भाई आएर बदमासी गरेपछि स्थानीयहरुले नै कुटपिट गरेको बताएका छन् ।
उनले तीनै जना भाईहरुले आफूसँग हुलहुज्जत गरेपछि स्थानीयहरुले नै कुटपिट गरेको बताएका छन् । महालक्ष्मी निर्माण गर्ने सम्बन्धमा छलफल गरि बसेरहेको अवस्थामा पश्चिम् तर्फबाट एक्कासि १०/१५ जना ३-०१०-२२ च ३२८१ नं को रातो कार तथा एक हुल मोटरसाइकलमा १०/१५ जना आएर तीनै भाईले गुण्डागर्दी गरेपछि स्थानीयहरुले हातपात गरेको बताएका छन् ।
तीनै उतिम् लाल महतो ,सुमित महतोले ,सुरज नारायण महतो ,दिपलाल महतो र राज कुमार सिहं र मोटर साईकलमा चढी आएको व्याक्तीहरु समेत आफूलाई शर्टको कालर समाती शर्ट्को ३ वटा टाँक बटम समेत फुटाएपछि स्थानीयहरुले कुटपिट गरेको थियो ।
उनले भने, –“म एउटा पालिकाको अध्यक्ष हुँ, एक जनप्रतिनीधि पनि हुँ, उनीहरुले गाली गलौज गर्ने जस्ता उत्तेजित शव्दहरु प्रयोग गरि हातपात समेत गरयो ममाथि । यहाँसम्म की मानहानी हुने गरी नै व्यवहार गरयो । त्यहाँ कुनै पनि स्थानीयलाई सोध्नुस भन्छन् । कुनै एक जनाले मेरो गल्ती भने म दण्ड सजाय भोग्न तयार छु ।"
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…