मेयर यादवद्धारा एकैदिन ४ वटा बिधालयमा भवन शिलान्यास
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले एकैदिन ४ समुदायिक विद्यालयमा भवन शिलान्यास गरेका छन् । नगरभित्रको विभिन्न ४ वटा समुदायिक विद्यालयमा भवनको शिलान्यास गरिएको हो । समाजिक दुरी कायम राख्दै मेयर यादवले सो शिलान्यास गरेका हुन् । नगरभित्र पर्ने मावि ललियामा ४ क

२०७७ जेठ २८ बुधबार, राति १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले एकैदिन ४ समुदायिक विद्यालयमा भवन शिलान्यास गरेका छन् ।
नगरभित्रको विभिन्न ४ वटा समुदायिक विद्यालयमा भवनको शिलान्यास गरिएको हो । समाजिक दुरी कायम राख्दै मेयर यादवले सो शिलान्यास गरेका हुन् ।
नगरभित्र पर्ने मावि ललियामा ४ कोठे भवनको शिलान्यास गरिएको छ । यसका साथै आधारभूत विद्यालय कचुरी, सिरसिरया र मावि पर्शुराम तलाउको समेत भवन शिलान्यास गरेका हुन् ।
४० लाखको लागत मा बन्न लागेको भवन शिलान्यास कार्यक्रममा वडा अध्यक्ष बिनोद कुमार मण्डल , प्रअ अजय कुमार यादव , नेकपा धनुषा जिल्ला सदस्य समाजसेवी रौदी मुखिया लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा मिथिला विहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र लाल कर्णले नगरभित्रको शिक्षा अवस्था सुधारको लागि भौतिक पूर्वाधार र भौतिक निर्माण समेत आवश्यक रहेको बताउँदै सम्पूर्ण विद्यालयहरुको जिर्णोद्धार समेत गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…