जनकपुरः प्रहरीको गाडी तोडफोड, अवस्था तनावग्रस्त !
भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ ।

२०७७ जेठ २८ बुधबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ ।
धनुषाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नं. १२ बस्ने २४ बर्षिय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि प्रहरीको गाडीमा तोडफोड गरिएको छ ।
प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड समेत गरिएको छ ।
.jpg)
स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् । तोडफोड गरेपछि प्रहरीले एक राउण्ड आश्रुग्यास फायर समेत गरेका छन् ।
भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ । स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुँगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…