जनकपुरमा गाई काटने विरुद्ध जुलुस निकालिएपछि...
नीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

२०७७ जेठ २५ आइतबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज (आईतबार) गाई काटने विरुद्ध नाराजुलुस गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
जनकपुरको स्टेशन एरियादेखि भानुचोकसम्म हिन्दु एकता जिन्दावाद, जय श्री राम लेखिएको बैनर सहित आउँदा प्रहरीले हस्तक्षेप गरी पुनः स्टेशन एरियासम्म लखेटेका छन् ।
गत जेठ २२ गते भैंसीको भन्दै गाई काटेर मासु बिक्री गरेको भन्दै सोही आरोपमा युवाहरुले गाई काटन पाउँदैन भन्दै नारा घन्काएका हुन् ।
प्रदेश नं. १ को मोरँग जिल्ला विराटनगर वडा नं. १७ मा गाई काटेर मासु विक्री गरेको विरोधमा युवाहरुले जुलुस प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

गाईको मासु बेचेको आरोपमा स्थानीय २८ वर्षीय सोहिल मियाँलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
गाई काटेर मियाँले भैँसीको मासू भनेर बेच्दै गर्दा १० किलो गाईको मासू सहित पक्राउ परेका थिए । सोही विरुद्धमा जनकपुरका युवा सुभाष कुवँरको नेतृत्वमा दर्जन बढी युवाहरुले नाराजुलुस गरेका छन् ।
गत जेठ २१ गते राती नै मासु काटेकाहरूले धेरै मासु भने भैंसीको भन्दै बिक्री गरिसकेका थिए । स्थानीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
मियाँलाई पशुपन्छीसम्बन्धी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…